दरबार हत्याकाण्डको १८ वर्ष : कसले गर्‍यो राजा वीरेन्द्रको वंश नाश? | Khabarhub Khabarhub

दरबार हत्याकाण्डको १८ वर्ष : कसले गर्‍यो राजा वीरेन्द्रको वंश नाश?


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजा वीरेन्द्रको वंश नास हुने गरी भएको दरबार हत्याकाण्ड भएको १८ वर्ष पुगेको छ । नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार हत्याकाण्ड १८ वर्ष पुग्दा पनि त्यससँग जोडिएका थुप्रै घटनाक्रम ‘रहस्यमय’ नै बनेका छन् ।

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाएको यो कहाली लाग्दो घटनामा कसको हात थियो भन्ने विषय अझै अन्यौलमा छ । तत्काली युवराज दीपेन्द्रले आफ्नै परिवारमा गोलि चलाएको घटनाको अध्ययन गर्न बनेको तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालीन सभामुख तारानाथ रानाभाटको २ सदस्यीय टोलीले तयार पारेको अध्ययन प्रतिवेदनको निश्कर्ष भए पनि आम नेपाली जनता दीपेन्द्रले घटना घटाएको भन्ने विषय पत्याउँदैनन् । त्यसैले पनि यो घटना अझै रहस्यमय बन्दै गएको छ ।

समाजमा हत्याकाण्डका जुनसुकै घटना घटेपनि आम सर्वसाधारणले पीडितले न्याय पाउने विषयलाई दरबार हत्याकाण्डसँगै जोड्ने गरेका छन् । राजाको परिवारले न्याय नपाएको देश भन्ने टिक्का टिप्पणीले सामाजिक सञ्जालमा स्थान पाउने गरेको छ । अहिले पनि धेरैको माग दरबार हत्याकाण्डबारे निष्पक्ष छानविन होस भन्ने नै छ ।

दरबार हत्याकाण्डको प्रशंग जोडिएर धेरै पुस्तक प्रकाशन भएपनि त्यहाँ पनि अनुमानकै कुराबाहेक अन्य तथ्य सार्वजनिक हुन सकेको छैन । यदी दीपेन्द्रले नै गोली चलाएको भए कस्को उक्साहटमा परिवार सखाव हुनेगरी गोली प्रहार गरे । दीपेन्द्रको मानसिक स्वास्थ्यको अवस्था कस्तो थियो ? फायरिङ चल्दा त्यहाँ उपस्थित अङ्गरक्षक सैनिकहरूले किन नियन्त्रणको प्रयास गरेनन् ? दीपेन्द्रले आत्महत्या गरेकै हुन् त ? लगायतका जिज्ञाशाको उत्तर अझै आउन सकेको छैन ।

घटना भएको स्थल त्रिभुवन सदनलाई २०६१ सालमा भत्काइको छ । हत्याकाण्डमा प्रयोग भएको हतियार भने नेपाली सेनासँग सुरक्षित छ । दरबार हत्याकाण्डसम्बन्धी पुस्तक लेखेका इतिहासविद् प्रा.डा. राजकुमार पोखरेलले घटनास्थल नष्ट गर्नुलाई शङ्काको दृष्टिकोणले हेरिनुपर्ने तर्क गर्छन् ।

२०५८ साल जेठ १९ गते शुक्रबार राति सवा नौ बजे घटना भएको थियो । घटनामा परेका मृतक तथा घाइते राजपरिवारका सदस्यलाई छाउनी अस्पतालसम्म लगिएको थियो । दरबार हत्याकाण्डपछि राजा घोषणा भएका युवराज दीपेन्द्रको पनि हत्याकाण्डको तेस्रो दिन मृत घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ९ : १७ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित