भारतमा फानीको प्रभाव– आन्द्रप्रदेशमा भारी वर्षा, ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो | Khabarhub Khabarhub

भारतमा फानीको प्रभाव– आन्द्रप्रदेशमा भारी वर्षा, ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फानी चक्रवातका कारण भारतको आन्ध्रप्रदेशमा शक्तिशाली हुरीबताससँगै भारी वर्षा भएको छ ।

उक्त आँधीको प्रभाव उडिसा राज्यमा पनि परेको छ । १ सय ७५ देखि २ सय ५ किमि प्रतिघण्टाको गतिमा अगाडि बढी रहेको फानी चक्रवातले उडिसामा ठूलो क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ ।

यसैबीच, आँधीको खतरालाई ध्यानमा राख्दै सुरक्षा बललाई उच्च सर्तकतामा राखिएको छ । तटीय क्षेत्रमा रहेका ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसका लागि ८८० राहत शिविर तयार राखिएको छन् । साथै, सबै शिक्षण संस्था बन्द गर्न आदेश दिएको छ । यस्तै, ईस्ट कोस्टर्न रेल्वेले अहिलेसम्ममा १ सय ३ रेलको सेवा रद्द गरेको जनाएको छ । ओडिसा राज्यको ११ जिल्ला लागू गरिएको आचार संहिता पनि तत्काललाई हटाईएको छ ।

भारतीय मौसम विभागले फानीलाई अहिलेसम्मकै शक्तिशाली चक्रवात हुन सक्ने बताएको छ । उडिसामा यसअघि सन् १९९९ मा आएको सुपर साइक्लोनका कारण दश हजार मानिसको मृत्यु भएको थियो ।

फानी चक्रवातको प्रभाव नेपालमा पनि पर्न सक्ने अनुमान गरिएको छ । यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा भोलि ९शुक्रबार० र पर्सि ९शनिबार० मौसम केहि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाको छ । महाशाखाका अनुसार जसका कारणा पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जनरचट्टयाङ तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहको छ ।

त्यस्तै हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको देखिन्छ । साथै देशको पश्चिमी क्षेत्रमा भोलि शुक्रबार पश्चिमी वायुको प्रभाव रहने हुँदा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा को सम्भावना देखिन्छ । आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ११ : ५६ बजे

विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा

मोरङ । पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको