उपनिर्वाचनको परिणामबारे विश्लेषक– मतदाताले सरकारलाई 'सवक' र प्रतिपक्षलाई ढाडस दिएनन् | Khabarhub Khabarhub

उपनिर्वाचनको परिणामबारे विश्लेषक– मतदाताले सरकारलाई ‘सवक’ र प्रतिपक्षलाई ढाडस दिएनन्


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिवार सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी ५२ स्थानका लागि भएको मतदानको अन्तिम परिणाम आएको छ ।

३७ जिल्लाका ५२ रिक्त पदका लागि भएको मतदानको अन्तिम परिणाम सार्वजनिक भइरहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले अग्रस्थान बनाएको छ भने दोस्रो स्थानमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रहेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कास्की क्षेत्रनम्बर २ सहित ३० स्थानमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार बिजयी भएका छन् । कांग्रेसले भक्तपुर प्रदेशस र धरान उपमहानगरसिहत १३ सिटमा जीत हात पारेको छ ।

यसअघि नेकपाले जितेको प्रदेशसभा अन्तर्गत भक्तपुर प्रदेश १‘ख’ को उपनिर्वाचनमा नेपाली कांग्रेसले जीत हात पारेको छ भने धरान उपमहानगरपालिकामा पनि नेकपाले पराजय व्यहोरेको छ ।

गाउँपालिका तर्फ भने नेपाली कांग्रेले जितेका केही स्थान नेकपाले खोजेको छ ।

के भन्छन् राजनीतिक विश्लेषक ?

अघिल्लो चुनावलाई आधार मानेर समग्रमा भन्ने हो भने यसपटकको चुनावमा सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सीट संख्या खासै गुमाएका वा पाएका छैनन् ।

त्यसैले यो उपनिर्वाचनको परिणामले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने जस्तो सरकारले जनभावना अनुसार काम नगर्दा जनतामा चरम निराशा रहेको र सरकार बदनाम छ भन्ने कुरालाई पुष्टि मात्र नगरेको होइन सरकारले आफूले गरेको कामबाट जनता उत्साही छन् भन्ने दाबीलाई पनि पुष्टि गर्न सकेन ।

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल पनि यो भनाइमा सहमत छन् ।

‘सरकारको कार्यक्रमले जनता उत्साहित छन् भन्ने पुष्टि गरेन जुन कुरा सरकार वारम्वार वक्दै थियो’ पोखरेल भन्छन्, ‘सरकार वदनाम छ भन्ने प्रतिपक्षको कुरालाई पनि चुनावी परिणामले प्रमाणित गरेन ।’

स्थानीय एजेण्डानै उपनिर्वाचनमा हावी भएको र राष्ट्रिय एजेण्डाले काम नगरेको उनको भनाइ छ ।

कतिपय स्थानमा यसअघि नेकपाले जितेको ठाउँमा कांग्रेसले र कतिपयमा कांग्रेसले जितेको ठाउँमा नेकपाले जितेको देखिएको भन्दै उनले भने,‘सरकारलाई सवक सिकाउने काम पनि मतदाताले गरेनन् भने प्रतिपक्षलाई ढाडस दिने काम पनि देखिएन ।’

वामपन्थीको गढको रुपमा लिइने धरानमा नेपाली कांग्रेसले जीत हात पारेको छ । तर यसलाई विचार र राष्ट्रिय एजेण्डाको रुपमा भन्दा पनि स्थानीय मुद्दाको रुपमा हेर्नुपर्ने उनको भनाइ छ ।

‘ धरानको नतिजा हेर्दा पुरानो नरुचाएको स्थानीय मुद्दालेनै स्थान पाएको देखायो’ राजनीतिशास्त्री खनाल भन्छन्‘ मतदाताले राष्ट्रिय एजेण्डालाई आधार वनाएर मत हालेको पाइएन ।’

त्यस्तै अर्का राजनीतिशास्त्री प्रा लोकराज वराल सत्तासिन दल एकीकृत हुँदा पनि मत वढ्यो भन्ने उपनिर्वाचनले नदेखाएको तर्क गर्छन् ।
‘यो चुनावले सरकार र प्रतिपक्ष दुबैलाई मतदाताले उत्साह थपेनन’ बराल भन्छन्,‘वामको वेभ घटेको देखायो , सिथिल भएको देखियो । कॉंग्रेसले धेरै मेहनत नगरी सरकार आगामी दिनमा सरकार वनाउन नसक्ने देखायो ।’

यद्यपि धरान र भक्तपुरको वाम क्षेत्र कांग्रेसले तोडेको छ यो सत्तारुढ दललाई सन्देश भएको उनको भनाइ छ ।

बरालले कास्कीमा भने नेकपाको उम्मेदवारले साहनुभूतिको मतसमेत प्राप्त गरेको बताए । उनले भने,‘उपनिर्वाचनको परिणामलाई खासै राष्ट्रिय रुपमा जनमतको रुपमा हेरिनु ठीक हुँदैन ।’

अर्का राजनीतिशास्त्री प्रा कृष्ण हाछेंथु यो उपनिर्वाचनको परिणामले राजनीतिक रुपमा खास केही संकेत नगर्ने बताउँछन् ।

उपनिर्वाचनमा प्राप्त परिणामलाई हेरेर आगामी राजनीतिको अनुमान गर्नु उपयुक्त नहुने उनको भनाइ छ ।

‘यो चुनाव र परिणामले राष्ट्रिय ट्रेण्डको प्रतिनिधित्व गर्दैन’ हाछेंथुले भने ।

राजनीतिशास्त्री प्रा गंगा थापाका अनुसार प्रतिपक्षीले भनेको जस्तो सत्तारुढ दल माथि जनताको आकर्षण घटेको देखिएन र यसले सरकारलाई वैधता प्रदान गर्यो ।

उनका अनुसार कांग्रेसले नीतिको राजनीति नगरेको परिणाम सरकारलाई लाभ भएको छ । उनले वैकल्पिक राजनीतिको वकालत गर्ने पार्टीलाई मतदाताले स्वीकार नगरेको बताए ।

‘परम्परागत शक्ति (हिन्दुवादी तथा राजतन्त्रको वकालत गर्ने) लाई पनि मतदाताले विश्वास गरेको देखिएन,’ थापाले भने,‘ विकल्पका कुरा गर्ने साना र नयाँ पार्टीलाई पनि जनताले स्वीकारेनन् । देश दुई पार्टीमा जाओस् भन्ने मतदाताले चाहेको उपचुनावले पनि देखायो ।’

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  २ : ३३ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड