अञ्जलीले कीर्तिमानी बनाएको खेलमा नेपाल १० विकेटले विजयी | Khabarhub Khabarhub

अञ्जलीले कीर्तिमानी बनाएको खेलमा नेपाल १० विकेटले विजयी


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–१३औं दक्षिण एसियाली खेदकुद (साग)मा नेपालले माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ ।

१७ रनको कमजोर लक्ष्य पाएको नेपालले पहिलो ओभरमै जीत हात पारेको हो । नेपालका लागि काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रह्यो ।

पोखरामा सोमबार टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन मात्र बनाएको थियो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्‍यो । काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहृयो ।

तीब्र गतिकी बलर अञ्जली चन्दले टि २० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमानसमेत राखेकी छिन् । अन्जलीले कीर्तिमानी प्रदर्शसँगै नेपालले माल्दिभ्सलाई १०.१ ओभरमा १६ रनमा अल आउट गरेको थियो ।

नेपाली महिला बलर सामू माल्दिभ्सका खेलाडी निरीह देखेए । माल्दिभ्सका ९ खेलाडी शून्य रन मै आउट भए । हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन बनाउन बाहेक अन्य खेलाडीले खाता खोल्न सकेनन् । अन्जलीले ४ ब्याटरलाई क्याच आउट र २ लाई बोल्ड आउट गरिन् ।

अन्जलीले २.१ ओभरमा २ मेडन कुनै रन नदिइ ६ विकेट लिइन् । उनले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् ।

यो विश्व टि ट्वान्टी वोमनमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् । करुणा भण्डारीले २ विकेट हात पारिन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १२ : ३९ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्