बी डिभिजन लिगः भगवती र रानीपोखरीको जित | Khabarhub Khabarhub

बी डिभिजन लिगः भगवती र रानीपोखरीको जित


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएको खेलमा श्री भगवती क्लब र रानीपोखरी कर्नर टिम आरसीटीले जित निकाल्दा सातदोबाटो युथ क्लब र टुसाल युथ क्लबले पराजय भोगेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा भएको पहिलो खेलमा श्री भगवतीले सातदोबाटोलाई ४—२ गोल अन्तरले पराजित गर्यो भने दोस्रो खेलमा आरसीटीले टुसाललाई २—१ ले हरायो ।

श्री भगवतीका लागि मोहन बहादुर थापा मगरले ह्याट्रिक गरेका थिए । उनले खेलको तेस्रो,२१ औं र ८१ औं मिनेटमा गोल त्यस्तै, श्रीभगवतीका आश बहादुर मगरले ८६ औं मिनेटमा गोल गरेका थिए । श्री भगवतीविरुद्ध गोल फकाउने क्रममा सातदोबाटोका दोर्जे तामाङले ६१ औं, ७१ औं मिनेटमा पृथ्वी चौधरी र भुवन बस्नेतले ८९ औं मिनेटमा गोल गरेपनि टिम श्री भगवतीसँग ४—३ ले पराजित भयो ।

त्यस्तै, शुक्रबार नै भएको दोस्रो खेलमा जीत हात पारेको आरसीटीका लागि उनम बुढाथोकिले २ गोल गरे । उनले टिमका लागि खेलको ३१ औं र ८१ औं मिनेटमा गोल गरेका थिए ।

सुरुआती अग्रता लिएको आरसीटीविरुद्ध टुसालका कर्ण रावतले ७६ औं मिनेटमा गोल गरेपनि टिठमलाई पराजित हुन बाट जोगाउन सकेनन् । जीत हासिल पारेका आरसीटी र रानीपोखरीले समान ३ अंक जोडेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ८ : ०५ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्