किन हुन्छन् नेपालमा यति धेरै हवाई दुर्घटना ? « Khabarhub
Logo
४ आश्विन २०७८, सोमबार

किन हुन्छन् नेपालमा यति धेरै हवाई दुर्घटना ?



काठमाडौं– नेपाली आकाश असुरक्षित छ भन्ने चर्चा चलिरहेकै बेला पुनः दुर्घटनाको सूचीमा अर्को संख्या थपिएको छ – ताप्लेजुङको फुङलिङ नगरपालिका १० तारेढुंगा भीरमा भएको हेलिकोप्टर दुर्घटना । बुधबार भएको उक्त हेलिकोप्टर दुर्घटनामा परि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भयो ।

बुधबार भएको यो घटनासम्म आइपुग्दा पछिल्लो १ बर्षको अवधिमा मात्र ९ वटा विमान दुर्घटना भए । ती घटनामा परि ६६ जनाको मृत्यु भयो । अघिल्ला बर्षहरुमा पनि हवाई दुर्घटना पटक पटक हुने गरेका छन् ।

किन दोहोरिन्छ पटक– पटक हवाई दुर्घटना ?

विकट भौगोलिक अवस्था, प्रतिकुल मौसम, पर्याप्त सूचना संकलन र प्रवाह गर्न विमानस्थमा आधुनिक उपकरणको अभाव, पुराना मोडलका जहाजमा उपयोगी प्रविधि जडान नगरिनुलगायत कारण नेपालमा हवाई दुर्घटना बढिरहेको हवाई विज्ञ वाइके भट्टराईको तर्क छ ।

हवाई क्षेत्रसँग प्रत्यक्ष जोडिने एयरक्राफ्ट (मेसिन), पाइलट(जनशक्ति) र प्रोसेड्युर अर्थात् समग्र प्रणाली र प्रक्रियाबीच आपसी तालमेल हुन नसक्दा नेपालले बारम्बार हवाई क्षेत्रमा यस्ता घटना व्यहोर्नु परेका भट्टराई बताउँछन् ।

यसबाहेक हवाई दुर्घटनापछि त्यसबारे हुने छानबिन र तयार हुने प्रतिवेदनको कार्यान्वयनमा नेपालमा अझै सम्झौता हुनुले पनि जहाज दुर्घटनाले निरन्तरता पाइरहेको उनको बुझाई छ ।

नेपालमा भएका धेरैजसो हवाई दुर्घटना पहाडी क्षेत्रमा हुने गरेको छ । मौसममा अचानक आउने खरावीका कारण चालकले हवाई मार्ग पत्ता लगाउन नसक्दा दुर्घटनाका सम्भावना बढ्ने गरेको हवाई विभागका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजाको भनाइ छ ।

नेपाली आकाश भौगोलिक कठिनाई र मौसमी विविधताले असुरक्षित मानिदै आएको छ । यद्यपि, हालसम्म भएका हवाई दुर्घटना के कारणले हुन्छन् भन्ने यकिन प्रतिवेदन तयार हुन भने सकेको छैन ।

हवाई दुर्घटनापछि बन्ने समितिहरुले दिने प्रतिवेदनमा पहाड र मौषममा आएको खराबीका कारण दुर्घटना भन्ने उल्लखे हुने गवरेको हवाई विभागका पूर्व महानिर्देशक देउजा बताउँछन् ।

नेपालमा सञ्चालनमा रहेका हवाई कम्पनीले सीमित संख्यामा मात्र पाइलट राख्ने भएकाले पनि एउटै पाइलटलाई त्यसको बोझ बढी परिरहेको विज्ञहरुको तर्क छ ।

कम्पनीहरूले विकल्पमा अर्को चालक दल नराख्ने र एउटै समूहले उडान गरिरहँदा पर्याप्त आराम नपाउने जस्ता समस्या पनि नेपालमा छ ।

भौगोलिक रूपमा नेपालमा उडान कार्य कठिन भए पनि आवश्यक संरचनाको पर्याप्त व्यवस्था भएमा दुर्घटना कम हुँदै जाने उड्डयनसँग सम्बन्धित विज्ञको भनाइ छ । मौसम र भूगोलभन्दा पनि मानवीय त्रुटिलाई सक्दो कम गराउँदै जाने हो भने भविष्यमा नेपालले ठूला दुर्घटनाबाट सुरक्षित रहन सक्ने देउजाको तर्कछ ।

हवाई विभागका पूर्वमहानिर्देशक देउजाका अनुसार, नेपालमा धेरै जसो भीएफआर (भिजुवल फ्लाइट रुल) आँखाले हेरेर गर्ने उडान हुने गरेको छ । जहाँ मौसम हेरेर उडान भर्ने गरिन्छ । अर्को प्रविधी हुन्छ इन्स्ट्रुमेन्ट फ्लाइट रुल । जसलाई मेसिनले नियन्त्रण गर्छ वा यन्त्रका सहायतमा अवस्थाको अध्ययन गर्न मिल्छ । नेपालका सबै उडानमा त्यस्तो हुने अवस्था बन्न सक्ने सम्भावना छैन । उनका अनुसार, दुर्घटना हुँदै गर्दा के गरेर यस्ता समस्या घटाउन सकिन्छ भन्ने किक्र्योल गर्न सकिन्छ । तर, यो निर्मूल नै भने हुँदैन ।

आइकाओले भन्छ – नेपाल असुरक्षित

नागरिक उड्डयनको अन्तर्राष्ट्रिय निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले त नेपाल विश्वकै असुरक्षित आकास भएको भनेर प्रतिवेदन नै सार्वजनिक गरेको छ । यो सूचीमा नेपाल लामो समयदेखि पर्दै आएपछि युरोपेली एयरलाइन्सले त नेपालमा विमान उडाउन छाडेका छन् ।

यसरी आइकाओले नेपालको आकाश असुरक्षित भएको भन्दै विभिन्न चेतावनी दिइरहेको बेला हवाई दुर्घटना हुने क्रम पनि बढिरहेको छ । उड्डयन सुरक्षाका लागि अनिवार्य मानिने बिभिन्न ८ वटा पक्षमा नेपालले न्युनतम मापदण्ड समेत पूरा नगरेको आईकाओको तर्क छ ।

उड्डयन सुरक्षाका विषयमा विश्वका १ सय ४८ मुलुकमा गरिएको अध्ययनमा विश्वको सरदर स्तरभन्दा नेपाल १५ प्रतिशत थप कमजोर अवस्थामा रहेको आईकाओको प्रतिवेदनमा उल्लेख छ । आईकाओको उड्डययन सुरक्षा प्रतिवेदनले नेपालको उड्डयन सुरक्षामा ५८ प्रतिशत कमजोरी रहेको देखाएको छ ।

प्रतिवेदन बन्छ, कार्यान्वयन हुँदैन 

सन् १९४९ मा पहिलो पटक नेपालमा विमान अवतरण भएको थियो । तर, त्यसको ६ वर्ष पनि पूरा हुन नपाउँदै सन् १९५५ को मार्च ८ मा कालिंगा एयरको जहाज बाराको सिमरामा दुर्घटना भयो । त्यो घटनामा दुई जनाले ज्यान गुमाए । त्यसयता नेपाली आकाशमा ७४ वटा ठुला दुर्घटना भए । यस मध्य बुधबार ताप्लेजुङमा दुर्घटना भएको हेलिकोप्टर छाडेर ७३ वटा विमान दुर्घटना सम्बन्धि बनेका छानविन अयोगले प्रतिवेदन तयार पारेका छन् । तर, आयोगले दुर्घटना नदोहोरिउन भन्नाका लागि प्राविधिक र मानवीय कमजोरी हटाउन प्रशस्त सुझाव दिएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

बनेको प्रतिवेदनमाथि पनि प्रश्न

अहिलेसम्म दुर्घटनाका सम्बन्धमा बनेका छानबिन आयोगका प्रतिवेदनले अधिकांश दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही औंल्याएका छन् । तर विडम्बना के छ भने तिनै प्रतिवेदनमा जहाज सञ्चालक कम्पनीलाई जहाजको मर्मतसम्भार र प्राविधिक अवस्था चुस्त नदेखिएकाले सुधार गर्न सुझाव दिएको देखिन्छ । यसले पनि प्रतिवेदन कतै झारा टार्ने मेसो मात्रै त बन्दै छैन भनेर संका गर्ने ठाउँ देखिन्छ ।

हुनपनि नेपाली आकाशमा उडान भरिरहेका साना जहाज दुर्घटनाको मुखबाट जसोतसो जोगिएका घटना विवरण हेर्ने हो भने प्राविधिक अवस्था खासै राम्रो छैन भनेर देखिन्छ । अनि दुर्घटना भएर मृत्यु भइसकेपछि भने चालकको दोष भनेर प्रतिवेबदन बन्छ । नेपाल एयरलाइन्स कर्पोरेसनका बोर्ड निर्देशक तथा हवाई विज्ञ अच्युतराज पहाडी भन्छन् – कतिपय रिपोर्ट बाहिर सार्वजनिक गर्नु त कता हो कता, स्वयं सरोकारवालासम्म पनि पुग्दैनन् । कम्पनीका कमजोरी सार्वजनिक हुन पाउ“दैनन् । त्यसकारण एउटै प्रकृतिको दुर्घटना पटक–पटक हुन्छन् । उनका अनुसार, छानविन समितिमा समेत राजनीति हुने गरेको छ । त्यसैका कारण विज्ञसमेत छानविनमा बस्न पाउँदैनन् । यसले गर्दा पनि दुर्घटना दाहोरिरहेका छन् ।

यस्तो छ नेपालको हवाई दुर्घटनाको नालिवेली

नेपाली हवाई इतिहासमा दुर्घटनाको इतिहास लामो छ । हरेक वर्ष जसो नेपालले कुनै न कुनै विमान दुर्घटना भोग्दै आएको छ । नागरिक उड्ययन प्राधिकरणको तथ्याङ्क अनुसार नेपालमा हवाइ उडान इतिहासको ६८ वर्षमा ७४ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा परि ८ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् । सन् १९५५ मा कालिंङगा एयरको बिमान सिमरा एयरर्पोटमा दुर्घटना हु“दा २ जनाको मृत्यु भएको थियो । जुन नेपालको इतिहासमा पहिलो हवाई मानिन्छ । त्यसपछि श्रृङ्खलाबद्ध रुपमा दुर्घटना दोहोरिरहेका छन् ।

अहिलेसम्म नेपाली आकाशमा भएका मुख्य दुर्घटना
 वि.सं. २०११ कालिङ्ग एयरको विमान बाराको सिमरामा दुर्घटना, २ जनाको मृत्यु
 वि.सं. २०१२ इण्डियन एयरलाईन्सको विमान काठमाडौंमा दुर्घटना, १४ जनाको मृत्यु
 वि.सं. २०१४ इण्डियन एयरलाईन्सको विमान ललितपुरमा दुर्घटना, २० जनाको मृत्यु
 वि.सं. २०२६ नेपाल वायु सेवा निगमको विमान मकवानपुरमा दुर्घटना, ३५ जनाको मृत्यु
 वि.सं. २०२६ नेपाली सेनाको विमान काभ्रेको पाँचखालमा दुर्घटना, ३१ जनाको मृत्यु
 वि.सं. २०३८ नेपाल वायुसेवा निगमको विमान विराटनगरमा दुर्घटना, १० जनाको मृत्यु
 वि.सं. २०४९ थाइ एयरवेजको विमान दुर्घटना, ११३ जनाको मृत्यु
 वि.सं. २०४९ पाकिस्तान एयरलाइन्सको विमान ललितपुरमा दुर्घटना, १६७ जनाको मृत्यु
 वि.सं. २०५० एभरेष्ट एयरलाइन्सको विमान चितनमा दुर्घटना, १९ जनाको मृत्यु
 वि.सं. २०५५ लुम्विनी एयरवेजको विमान घोरेपानीमा दुर्घटना, १८ जनाको मृत्यु
 वि.सं. २०५६ मा नेकोन एयरको विमान काठमाडौंमा दुर्घटना १५ जनाको मृत्यु
 वि.सं. २०५९ सांग्रिला एयरको विमान पोखरामा दुर्घटना १८ जनाको मृत्यु
 वि.सं. २०६३ तारा एयरको विमान जुम्लामा दुर्घटना ९ जनाको मृत्यु
 वि.सं. २०६३ श्री एयरलाइन्सको विमान ताप्लेजुङको घुन्सामा दुर्घटना २४ जनाको मृत्यु
 वि.सं. २०६७ तारा एयलाइन्सको विमान ओखलढुंगामा दुर्घटना २२ जनाको मृत्यु
 वि.सं. २०६७ अग्नि एयरको ड्रोनियर जहाज मकवानपुरमा दुर्घटना १४ जनाको मृत्यु
 वि.सं. २०६८ बुद्ध एयरको विमान ललितपुरमा दुर्घटना १९ जनाको मृत्यु
 वि.सं. २०६९ अग्नि एयरयको विमान मुस्ताङमा दुर्घटना १५ जनाको मृत्यु
 वि.सं. २०६९ सिता एयरको विमान काठमाडौंमा दुर्घटना १९ जनाको मृत्यु
 वि.सं. २०७० नेपाल एयरलाइन्सको विमान अर्घाखा“चीमा दुर्घटना १८ जनाको मृत्यु
 वि.सं. २०७२ फागुनमा तारा एयरको विमान म्याग्दीमा दुर्घटना २३ जनाको मृत्यु
 वि.सं. २०७२ फागुनमा एयर काष्ठमाण्डपको विमान कालिकोटमा दुर्घटना २ जनाको मृत्यु
 वि.सं. २०७४ जेठ गोमा एयरको विमान लुक्लामा दुर्घटना दुईजनाको मृत्यु
 वि.सं. २०७४ जेठ नेपाली सेनाको विमान बाजुरामा दुर्घटना एकजनाको मत्यु
 वि.सं. २०७४ फागुन २८ गते, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगलाको विमान दुर्घटना ५१ जनाको मृत्यु
 वि.सं. २०७५ जेठ ०२ गते, सिमिकोट पासमा मकालु एयरको विमान दुर्घटना दुईजनाको मृत्यु
 वि.सं. २०७५ भदौ २६ गते, नुवाकोटको मेधाङ–मैलुङपाखामा, अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु
 वि.सं. २०७५ फागुन १५ गते, ताप्लेजुङको फुङलिङ नगरपालिका १० तारेढुंगा भीरमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

प्रकृतिलाई दोष दिएर मात्र कर्तव्य पुरा हु“दैन । वर्षौं वर्षका पुराना जहाज, निजी विमान कम्पनीको अस्वस्थ प्रतिस्पर्धा, फितलो सरकारी कानुनजस्ता लापर्वाही दुर्घटनाको लागि उर्वरभूमि बन्दै आएका छन् । सरकारले उडानका लागि अनुमतिको बाढी ल्याएको छ ।

ञ्चालकहरुको पैसा कुम्ल्याउने महत्वाकांक्षाका कारण आकासमा जोखिमको यात्रा गर्नुपर्ने जहाजहरु हवाई ट्रक हुने गरेका छन् । अब भने छातीमा हात राखेर पानीमाथिको ओभानो हुने हैन, गल्ती नदोहो¥याउने संकल्प सवैले गर्नु आवश्यक छ । कामना गरौं अब यस्ता समाचार बनाउनु नपरोस् ।


भर्खर

0