सावधान ! दरमा भुलेर पनि यी कुरा नखानुस् | Khabarhub Khabarhub

सावधान ! दरमा भुलेर पनि यी कुरा नखानुस्


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरितालिका तीजको अघिल्लो दिन अर्थात आज अबेर बेलुकी दर खाएर तीजको व्रत शुरु गरिन्छ । घर गएकी छोरीलाई बोलाएर माइती पक्षले दर ख्वाँउने परम्परा छ।

तर पछिल्लो समय केही स्थानमा महिना दिन अघिबाटै तीजको दर खाने रीति झै बसेको छ । अझ कतिपय स्थानमा त दर खान संस्थागत रुपमा एकजुट हुने र पुरुषहरु समेत सहभागितामा दर खाइने गरेका छन् ।

व्रत बस्ने हिन्दु महिलाले दर खाने दिन विभिन्न परिकार तथा मिठाई तयार पारेर आज अबेर राति दर खानेछन् । महिलाहरु यो दिन माछामासु वाहेक खिर, ढकने र सेलरोटी तथा मनपर्ने परीकार बनाएर खाने गर्दछन् ।

तर अघिल्लो दिन टन्न दर खाएर भोलिपल्ट पानी समेत नखाई निराहार खाली पेटमा व्रत बस्ने चलन छ । यसले शरीरमा नकारात्मक असर पुर्‍याउछ ।

दर खाँदा ध्यान दिनुपर्ने कुराहरु:

१. दरमा धेरै पीरो तथा गुलिया पेय पदार्थ खानु हुँदैन ।
२. अखाद्य रङ तथा केमिकल मिसाएका मिठाईले फुड प्वाइजन बनाउछ, त्यसैले स्वच्छ मिठाई छनौट गरेरमा मात्र खानुपर्छ ।
३. धेरै नुन हालेको तथा मसालेदार खाने कुरा नखानु उपयुक्त हुन्छ । त्यसले प्यास जगाउछ ।
४. होटल तथा पार्टी प्यालेसमा बनाएको रेडिमेड खानेकुरा खानु हुँदैन । घरमा बनाएर खानुपर्छ ।
५. दरमा दही, फलफूल, हरियो सलाद खानुपर्छ, यसले खाना पचाउन मद्धत गर्छ ।
६. चिल्लोयुक्त दर खानु हुँदैन, चिल्लो पर्दाथमा हुने कोलष्ट्रलले शरीरलाई हानि गर्छ ।
७. दरका नाममा नियमित भन्दा अधिक खानु हुँदैन, यसले अपच तथा ‘फुड पोइजन’ हुनसक्छ ।
८. खीर, अचार, मासु तथा दुधको मिश्रणले शरीरलाई नकारात्मक असर पार्न सक्छ ।
९. तीजको व्रत धार्मिकतासंग जोडेर हेरिने भएकाले व्रत बस्नेले माछामासु नखानु उत्तम हुन्छ ।
१०. दरमा मादक पदार्थको सेवन गर्नुहुँदैन यसले शारीरको चेतनाको स्तर घटाउँछ ।
११. तेलमा तारेको खानेकुरा धेरै खाँदा वाकवाकी लाग्ने तथा पेट दुख्न सक्छ ।
१२. शरीरले धान्न नसक्ने खानेकुरा खानु हुँदैन, यसले झाडापखाला लगाउन सक्छ ।

त्यसो भए दरमा के खाने ?

दरमा विशेष यही खानुपर्छ भन्ने छैन । शरीरले उर्जा दिने तथा स्फुर्त राख्ने खानेकुरा खाँदा हुन्छ । व्रत बस्ने महिलाले दर खादा स्वस्थ्यवद्र्धक तथा पोषणयुक्त खाना खानुपर्छ ।

दरमा सकेसम्म नियमित झै सादा खानेकुरा खानु उचित हुन्छ । खानामा हरियो सागसब्जी, फलफूल, सलाद, दूध, दही, मही खाएमा शरीर हल्का तथा स्फुर्त रहन्छ ।

दरमा ताजा खाद्य सामाग्रिको मात्र प्रयोग गर्नुपर्दछ । धेरै दिन अघिदेखि राखेको खानेकुरा नखानु उत्तम हुन्छ । साथै राम्रोसंग पखालिएको र पकाइएको खानेकुरा मात्र खानुपर्छ । पोषणका लागि दरमा दूध, दही, मखन, घिउ जस्ता खानेकुरा खानु उत्तम मानिन्छ यसले शरीरलाई लामो समय शक्ति दिन्छ ।

कस्ता व्यक्तिले व्रत नबस्ने ?

१. नियमित औषधिको सेवन गर्नेले व्रत बस्नु हुँदैन ।
२. कमजोर शरीर भएका महिलाले पनि व्रत बस्नु हुँदैन ।
३. बिरामि हुनुहन्छ भने पनि व्रत बस्नु उपयुक्त हुँदैन, बस्नै पर्ने भए पनि फलफुल तथा जुस सेवन गर्नु उपयुक्त हुन्छ ।
३. ४. गर्भवति तथा कुनै दीर्घरोग लागेका महिलाले व्रत बस्नु हानिकारक हुन्छ ।
५. परीक्षार्थी, सानो उमेरको किशोरी तथा वृद्धाले पनि व्रत बस्नु हुँदैन ।
६. मधुमेह, उच्च रक्तचाप, श्वासप्रश्वास तथा फोक्सोको समस्या भएकाले व्रत बस्नु हुँदैन ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : २८ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित