सागका लागि भलिबलको प्रारम्भिक छनोटबाट १८ खेलाडी छानिए | Khabarhub Khabarhub

सागका लागि भलिबलको प्रारम्भिक छनोटबाट १८ खेलाडी छानिए


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीको प्रारम्भिक छनोटमा १८ जना खेलाडी छानिएका छन् । नेपाल भलिबल संघ (एनभिए) ले आइतबार प्रारम्भिक टोलीको छनोट गरेको हो ।

यसअघि भलिबल संघले २५ जना खेलाडीलाई क्याम्पमा बोलाएको थियो । त्यसबाट ७ जना खेलाडीलाई संघले घर फर्काउँदै १८ जना खेलाडीलाई छनोट गरेको छ ।

नेपालमै आयोजना हुने सागमा पदक जित्ने लक्ष्यसहित भलिबल टोली सागको अभ्यासमा व्यस्त छ । भलिबल टोलीले दशैं आसपास विदेशमा मैत्रिपूर्ण भलिबल खेल्ने तयारी थालेको मुख्य प्रशिक्षक जगदिश भट्टले जानकारी दिएका छन् ।

१८ सदस्सीय महिला भलिबल टोली

प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, उषा विष्ट, रेष्मा भण्डारी, संगम महतो, जानकी भण्डारी, अरुणा शाही, शान्ति थारु, आरती सुवेदी, सुनिता खड्का, पुनम चन्द, सोफिया पुन, हिरा केसी, कमला पुन, सलिना श्रेष्ठ, शान्ती तामाङ

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ४ : ५० बजे

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित