मोबाइलमा धेरै नभुल्नुस् यस्ता समस्या निम्तिन्छन् | Khabarhub Khabarhub

मोबाइलमा धेरै नभुल्नुस् यस्ता समस्या निम्तिन्छन्


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अहिले स्मार्ट फोन सबैको हातहातमा हुन्छ । मोबाइलको धेरै प्रयोग गर्ने बानीले स्वास्थ्यमा गम्भीर खालको असर देखिने विज्ञहरु बताउँछन् ।

क्यालिफोर्नियाको सिमोन बोलिभोर युनिभर्सिटीको अध्ययनले दिनभर ५ घण्टा प्रयोग गर्दा मोटोपन बढ्ने खतरा ४३ प्रतिशतसम्म बढ्नसक्ने पाइएको छ । अध्ययनमा मोबाइलमा व्यस्त रहँदा शारीरिक गतिविधि नहुनु र धेरै खानेकुरा खानु पनि सामेल छ ।

अध्ययनमा १ हजार विद्यार्थी सामेल थिए । जुन देखि डिसेम्बर २०१८ मा यो अध्ययन गरिएको थियो । सो अध्ययनअनुसार मोबाइल अत्यधिक प्रयोग गर्ने विद्यार्थी पेय पदार्थ, फस्ट फुडलगायतका खाना खान्छन् । साथै अभ्यास कम गर्छन् ।

यसले मानिसको मेटाबोलिज्म सुस्त हुन थाल्छ र निद्रा नलाग्ने समस्या बढ्छ । जसको कारण तौल बढ्न थाल्छ । शोधकर्ता तथा हृदय रोग विशेषज्ञ प्रोफेसर मिरेरी मेन्टीला–मोरोनका अनुसार अध्ययनमा बिरामिको हातमा भएको मोबाइल स्वास्थ्य बिगार्ने प्रमुख कारण हो ।

लगातार मोटोपना बढ्नुले मुटुको रोग पनि लाग्न सक्छ । अनुसन्धानमा पाइएअनुसार २५ प्रतिशत विद्यार्थी धेरै तौलका थिए । जो प्रतिदिन ५ घण्टाभन्दा बढी समय मोबाइल चलाउँथे ।

टेक्सासका राइस युनिभर्सिटीका अनुसार फोनको अत्यधिक प्रयोग गर्ने मानिसलाई फास्ट फुड दिने हो भने उनीहरुको आफूमाथिको नियन्त्रण कम हुन्छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ९ : १७ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको