दुबईका शासककी श्रीमती छोराछोरीसहित ३ करोड १० लाख पाउण्ड लिएर भागिन् | Khabarhub Khabarhub

दुबईका शासककी श्रीमती छोराछोरीसहित ३ करोड १० लाख पाउण्ड लिएर भागिन्


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– संयुक्त अरब इमिरेट्स युएईअन्तर्गत दुबई इमिरेटका शासक तथा युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री शेख मोहम्मद बिन रशिद अल मख्तूमकी श्रीमती हाया बिन्त अल हुसैनले आफ्ना २ बच्चा र ३ करोड १० लाख पाउण्ड लिएर नाटकीय रुपमा देश छाडेकी छिन् ।

दुबईका शक्तिशाली एवं धनाढ्य शासक मोहम्मद बिन रशिद अल मख्तूमकी छैटौं श्रीमती हाया बिन्त अल हुसैन अहिले दुबई छाडेर लण्डनमा लुकेर बसिरहेकी छिन् । उनले तत्कालै शरणको निवेदन दिएको र शासक मोहम्मद बिन रशिद अल मख्तूमसँग सम्बन्धविच्छेदका लागि पनि तयारी थालेको बताइएको छ ।

जर्मन दूतावासको सहयोगमा उनले आफ्ना ७ वर्षे छोरा जइद र ११ वर्षे छोरी अल जलिलालाई लिएर दुबईबाट भागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुबईले उनलाई स्वेदश फिर्ता गर्न माग गरेपनि जर्मन अधिकारीले उक्त माग अस्वीकार गरेको बताइएको छ ।

यससँगै जर्मनी र युएईबीच कूटनीतिक संकट उत्पन्न हुनसक्ने देखिएको छ । बिन्त हुसैनले आफूलाई धोका दिएको शासक बिन रशिदले आरोप लगाउँदै आएका छन् । ४५ वर्षे बिन्त हुसैन जोर्डनका राजा अब्दुल्लाह द्वितीयकी सौतेनी बहिनी हुन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी उनी गत फेब्रुअरी महिनायता देखिन छाडेकी थिइन् ।

दुबईको राजपरिवारमा महिला सदस्यको अवस्थालाई लिएर चिन्ता उत्पन्न हुने गरेको छ । एक वर्षअघिमात्र शासक बिन रशिदकी छोरी शेखा शमसालाई पनि दुबईमा ‘सुरक्षित साथ राखिएको’ बताइन्छ । त्यसयता उनी सार्वजनिक समारोहमा देखा परेकी थिइनन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ५ : १३ बजे

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको