स्मार्ट कार्डसहितको सुविधासम्पन्न साझाका २० वटा नयाँ बस आजबाट सञ्चालनमा | Khabarhub Khabarhub

स्मार्ट कार्डसहितको सुविधासम्पन्न साझाका २० वटा नयाँ बस आजबाट सञ्चालनमा


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साझा यातायाताले आजबाट थप २० वटा सिटी बसहरु सञ्चालनमा ल्याएको छ । सोमबार काठमाडौं र ललितपुर महानगरपालिकाका साथै साझा यातायात सहकारी संस्थाले राजधानीमा संयुक्त रुपमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साझाले थपेका नयाँ सिटी बस सञ्चालनको सुभारम्भ गरियो । ति बसहरुले आजैबाट फरक–फरक रुटमा चल्ने गरी सेवारम्भ गरेका छन् ।

यसअघि साझाका युरो-३ मापदण्डका ५१ बस उपत्यकाभित्र सञ्चालन थिए । २० वटा नयाँ बस थपिएसँगै अब साझाको बसको संख्या ७१ पुगेको छ । थपिएका नयाँ बसहरु भने युरो-४ मापदण्डको रहेको साझा यातायातले जानकारी दिएको छ । युरो-४ मापदण्डका यी नयाँ २० बसहरु ४० वटा सिट क्षमताका छन् । यी बसहरुमा सिसी क्यामराका साथै टिभी र इन्टरनेटको सुविधासमेत रहेको छ ।

विद्युतीय टिकट प्रणालीः यात्रा कार्डको प्रयोग

साझाले थपेका नयाँ बसहरुमा विद्युतीय टिकट प्रणालीको सुविधा पनि उपलब्ध गराएको छ । विद्युतीय टिकट प्रणालीका लागि साझाले ‘यात्रा कार्ड’ नामक स्मार्ट कार्ड सुविधा ल्याएको हो । यसअघि केही बसमा यो सुविधा उपलब्ध गराएपनि साझाले थपिएका सबै बसमा यो सुविधा राखिएको जनाएको छ । यात्रुले बस चढ्दा यात्रा कार्डबाट शुल्क तिर्न सक्नेछन् ।

साझा यातायातमा २ महिनादेखि यात्रा कार्ड प्रयोग भइरहेको र प्रभावकारी देखिएकाले यसलाई विस्तार गर्ने कार्य भइरहेको एन क्लाउडका कार्ड सञ्चालक दिपेन्द्र श्रेष्ठले बताए । एन क्लाउड स्मार्ट सञ्चालनको जिम्मा लिएको कम्पनी हो ।

यो सुविधाका लिन बसमै रहेका सहचालकसँग २ सय रुपैयाँमा यात्रा कार्ड किन्न सकिनेछ । यसका साथै साझा यातायातको कार्यालयबाट पनि यो कार्ड प्राप्त गर्न सकिन्छ । कार्डमा २ सय रुपैयाँ ब्यालेन्स हुन्छ ।

साझा यातायातको बसमा यात्रा गर्ने यात्रुले उक्त स्मार्ट कार्ड बसका सहचालकसँग रहेको कार्ड रिडर मेसिनमा कार्ड रिड गराउनु पर्छ । उक्त मेसिनले यात्रु कहाँबाट चढेको र कहाँ ओलर्ने हो त्यसैअनुसार पैसा काट्ने छ । ‘वास्तविक भाडा मात्र काटिन्छ’ उनले भने ‘जसका कारण प्रयोगकर्ताहरु सवारीमा ठगिने वातावरणको अन्त्य हुनेछ ।’ कार्डमा पैसा सकिएको खण्डमा सहचालकले नै टप अप गरी ब्यालेन्स हाल्दिने व्यवस्था छ ।
साथै साझा यातायातमा यात्रा गर्दा नगदमा कारोबार गर्न चाहनेहरुका लागि पनि टिकटको व्यवस्था हुनेछ ।

साझाका बस चल्ने यी १० रुट

जसअनुसार लगनखेल-बसपार्क, लगनखेल-बुढानिलकण्ठ, बुंमति-बुढानिलकण्ठ, रत्नपार्क-लामाटार, रत्नपार्क-गोदावरी, लगनखेल-सातदोबाटो-थानकोट, नयाँ बसपार्क-सुर्यविनायक, नयाँ बसपार्क-कमलविनायक, नयाँ बसपार्क-लगनखेल-एयरपोर्ट र लगनखेल-शहीदगेट-दक्षिणकाली रहेका छन् ।

लामो दुरीको रुट

साथै साझा यातायातका बसहरु लामो दुरीमा पनि सञ्चालन हुँदै आएका छन् । लामो दुरीमा सञ्चालित रुट अन्तर्गत काठमाडौं-बाग्लुङ, काठमाडौं-बुटवल-भैरहवा-बेलहिया रहेका छन् । यी रुटमा भने रात्रीकालीन सेवा सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ४ : ३५ बजे

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड