नेताहरुलाई खबरदारी गर्न प्रचण्डको आगह | Khabarhub Khabarhub

नेताहरुलाई खबरदारी गर्न प्रचण्डको आगह


१८ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुलाई खबरदारी गर्न आग्रह गरेका छन् । साकेला पर्वको किरात राई यायोख्खाले इटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले नेताहरुलाई सच्याउने अन्तिम कडि जनता नै भएको बताए ।

संघीयसभाको निर्वाचन पछि बनेको संविधान नेपालको सबैभन्दा ठूलो परिवर्तनको कुरा भएको भन्दै प्रचण्डले सोही परिवर्तनलाई संस्थागत गर्न जनताले नेताहरुलाई खबरदारी गर्नुपर्ने बताए।

सरकारले समृद्ध नेपाल सुखी नेपालीको अभियान चलाएपनि त्यसको कार्यान्वयनका लागि सबै एक जुट हुनुपर्ने बताए । उनले ७० वर्षदेखिको राजनीतिक अस्थिरताका अन्त्यका लागि आफूहरुले पार्टी एकता गरेको भन्दै प्रचण्डले एकताले नै जनता खुसी भएको र जनताले राम्रो जनमत दिएको बताए ।

यो पार्टीलाई मजबुद बनाउने कार्यभार पनि आफूहरुसँगै रहेको भन्दै अधिकांश निर्णय सर्वसम्मतिले हुने गरेको बताए । जिल्ला कमिटी गठन, जनसंगठन तथा अन्य ठूला निर्णय सर्वसम्मतिले नै हुने बताए । उनले पर्सी शीर्ष नेताहरुको कार्यविभाजन पनि सर्वसम्मतिले नै गर्ने तयारी गरेको पनि बताए।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  २ : ११ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई