जासूसी गरेको आरोप लगाउँदै एयरबसद्वारा १६ कर्मचारी बर्खास्त | Khabarhub Khabarhub

जासूसी गरेको आरोप लगाउँदै एयरबसद्वारा १६ कर्मचारी बर्खास्त


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्लिन– यूरोपेली विमान कम्पनी एअरबसले जासूसी गरेको आरोपमा आफ्ना १६ कर्मचारीलाई बर्खास्त गरेको छ ।

उनीहरूले कम्पनीको नियम विपरित अन्य संस्थाका लागि जासूसी गरेको भन्दै बर्खास्त गरिएको हो ।

जर्मनीको राष्ट्रिय समाचार संस्था (डीपीए) का अनुसार एअरबसले १६ कर्मचारीलाई बर्खास्त गरेको पुष्टि गरेको छ, तर यस बिषयमा बिस्तृत विवरण उनीहरूलाई दिइएको छैन ।

कम्पनी निकट स्रोतलाई उद्धृत गर्दै डीपीएले लेखेको छ, ‘जर्मनीका अभियोजनकर्ताले जर्मनीको सुरक्षाकर्मीसँग सम्बन्धित दुई सुरक्षा कार्यक्रममा एअरबसका कर्मचारीमाथि आन्तरिक जासूसी गरेको आशङ्कामा अनुसन्धान गरिरहेका छन् ।’

‘हाम्रा केही कर्मचारीसँग उनीहरूसँग उपलब्ध नहुनुपर्ने कागजात भेटिएको छ,’ डीपीएलाई  स्रोतले भनेको छ ।

उक्त स्रोतका अनुसार उनीहरूले म्यूनिकस्थित प्रोग्राम लाइन कम्युनिकेसन्स, गुप्तचर र सुरक्षा (सीआइएस) मा साइबर सुरषा तथा सम्बन्धित गतिविधिका लागि काम गर्थे ।

यस बिषयमा एअरबसका उच्च अधिकारीलाई सोधिएको प्रश्नमा कम्पनीले बाह्य कानूनी फर्मको सहयोगमा आन्तरिकरूपमा अनुसन्धान वा समीक्षा गरिरहेको बताइएको छ ।

कम्पनीले सम्बन्धित अधिकारीलाई मुद्दामा अनुसन्धानका लागि समन्वय गरिरहेको छ, एअरबसले यसपहिले नै जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

बर्खास्तमा परेका एअरबसका कर्मचारीसँगबाट सञ्चार प्रणालीलगायत अन्य बिषयमा सूचना लिने जर्मनीको सेनाका गोप्य फाइलहरू नियन्त्रणमा लिइएको जर्मनीको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ९ : ०३ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा