चोरी गरिएको २६ लाख भारुसहित ३ जना फक्राउ | Khabarhub Khabarhub

चोरी गरिएको २६ लाख भारुसहित ३ जना फक्राउ


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलाली प्रहरीले चोरी गरिएको २६ लाख भारतीय रुपैयाँ (भारु)सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका–८ का एकेन्द्र भण्डारी, कैलालीकै बर्दगोरिया गाउँपालिका–४ की शर्मिला खड्का र बसन्ती पोखरेल छन् ।

प्रहरीका अनुसार केही महिला अगाडि उनीहरुले भारतको बैङ्गोलरमा लुटपाट गरेका थिए ।

भारतबाट लुटपाट गरेका भागेका उनीहरु गत कात्तिकमा नेपाल पुगेका थिए ।

प्रहरीका अनुसार भण्डारी, खड्का र पोखरेलसहितको समूहले झण्डै २ करोड भारु लुटपाट गरेको थियो । उक्त समूहका रोशन सुनार र १ जना भारतीय नागरिक फक्राउ परिसकेका छन् । अझै ४ जना फरार रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ४ : ३१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम