सिरहा कल्याणपुर–१२ मा नेकपाका दिलिपकुमार विजयी | Khabarhub Khabarhub

सिरहा कल्याणपुर–१२ मा नेकपाका दिलिपकुमार विजयी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- स्थानीय तह उपनिर्वाचन अन्तर्गत सिरहाको कल्याणपुर नगरपालिका १२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार दिलिप कुमारयादव विजयी भएका छन्।

यादव कुल खसेको मतको ८ सय २५ मतसहित विजयी भएका हुन्। यादव निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका प्रदिपकुमार महतो भन्दा एक सय ७१ बढी मतको अग्रतासहित विजयी भएका हुन्।

महतोले ६ सय ५४ मत प्राप्त गरेका छन्। वडाध्यक्षका प्रत्याशी नेपाली कांग्रेसका राजकुमार मुखियाले ६ सय १५ मत पाएका छन् भने सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार मो. अताउल रहमानलले एक सय ६० मत पाएका छन्।

तिलासी बेलहा र बेलहास्थित विष्णुचरण आधारभूत विद्यालय गरी चार मतदान केन्द्रमा शनिबार सम्पन्न मतदानमा ३ हजार ४ सय ५० मतदातामध्ये दुई जार चार सय ८० मत (७१.८८ प्रतिशत) खसेको थियो।

पहिलो स्थानीय तहको निर्वाचनमा कल्याणपुर १२ मा कांग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ मा मृत्यु भएपछि रिक्त वडाध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो।

वडाध्यक्ष पदका लागि विजेतासहित आठ जना दलीय र पाँच जना स्वतन्त्रसहित १३ जना प्रत्याशी थिए। पहिलो स्थानीय तहको निर्वाचनमा नेकपा तेस्रो, राजपा निकटतम् प्रतिद्वन्द्वी रहेको थियो।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ९ : १४ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड