मोरङको धनपालथान-२ मा कांग्रेसको जित | Khabarhub Khabarhub

मोरङको धनपालथान-२ मा कांग्रेसको जित


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- धनपालथान गाउँपालिका वडा नम्बर २ मा भएको उप चुनावमा नेपाली कांग्रेसका नारायणप्रसाद साह विजयी भएका छन् ।

नेकपाका पंकज मण्डललाई पराजित गर्दै साह विजयी भएका हुन् । नेकपाका पंकज मण्डलले १ हजार ४ सय ९७ मत प्राप्त गरे भने विजयी नेपाली कांग्रेसका साहले १ हजार ७ सय ०१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो वडामा यस अघिको चुनावमा नेकपाले जितेको थियो । प्राप्त मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तकी ज्योती पासवानको २४ मत, नेपाल लोकतान्त्रिक पार्टीका देवनारायण मण्डलको ८ मत, मंगोल नेशनल अर्गनाइजेशनका मेघनाथ पासवानले ७ मत मात्र प्राप्त गरेका छन् ।

त्यस्तै जनमत पार्टीको तर्फबाट उम्मेदवार भएकी चनरादेवी मण्डलले ९ मत प्राप्त गरे। ४ हजार ७४ मतदाता रहेको यो ठाउँमा ३ हजार २ सय ८४ मत खसेको थियो । खसेको मत मध्ये ३८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ८ : ३९ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्