उत्कृष्ट सिभी बनाउने ७ उपाय | Khabarhub Khabarhub

उत्कृष्ट सिभी बनाउने ७ उपाय


१८ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राम्रो कम्पनीमा जागिर गर्ने चाहना त सबैको हुन्छ । तर, त्यसका लागि धेरै विषयले महत्व राख्छन् ।

जब कुनै राम्रो कम्पनीले कर्मचारी आवश्यकता परेको विज्ञापन गरेर आवेदन आह्वान गरेको हुन्छ, तपाईं हामी सबैले त्यसमा आवेदन दिने सोच बनाउँछौं । धेरैजनाले त आवेदन लेखेर आफ्नो बायोडाटा (सिभी) पनि पठाउन भ्याइहाल्छन् ।

जब कम्पनीबाट अन्तर्वार्ताका लागि सर्ट लिस्ट प्रकाशित हुन्छ, आवेदन दिएकामध्ये आफ्नो नाम नदेख्दा धेरै जना दुःखी हुन्छन् । जागिरका लागि आवेदन दिनेमध्ये थोरै व्यक्ति मात्रै अन्तर्वार्ताका लागि छानिन्छन् । किन त ?

यसको मुख्य कारण हो, जागिरका लागि तपाईंले दिने आवेदनसँगै पेश गर्ने तपाईंको व्यक्तिगत विवरणसहितको सिभी, जसलाई रिज्युम पनि भनिन्छ ।

कर्मचारी भर्नाका लागि आवेदन आह्वान गर्ने कुनै पनि कम्पनीले आवेदकहरुको सिभी पढेर नै अन्तर्वार्तामा बोलाउने नबोलाउने निर्णय लिन्छ । यसकारण तपाईंले कुनै पनि कम्पनीमा जागिरका लागि आवेदन पेश गर्दा आफ्नो सिभीलाई उत्कृष्ट बनाउनु आवश्यक हुन्छ ।

अहिले त स्कूल र कलेजका कक्षाहरुमा समेत जागिर पाउनका लागि कस्तो प्रकारको सिभी बनाउने भनेर क्लास नै चलाउन थालिएको छ । यदि तपाईं पनि नयाँ जागिरको खोजीमा हुनुहुन्छ, तर सिभी बनाउन सकिरहनु भएकोछैन भने आज हामी तपाईंलाई केही टिप्स दिन गइरहेका छौं । जसको मद्दतबाट तपाईंले उत्कृष्ट सिभी बनाउन सक्नुहुन्छ,

– कठीन शब्दको प्रयोग नगर्नुहोस्

यदि तपाईंलाई लाग्छ कि सिभीमा टफ शब्दको प्रयोग गरेर अरुलाई प्रभावित पार्न सकिन्छ भनेर, तपाईं गलत हुनुहुन्छ । सिभी बनाउँदा जतिसक्दो सामान्य र बोलीचालीका शब्दको प्रयोग गर्नुहोस् ।

– फन्टमा ध्यान दिनुहोस्

सिभी लेख्दा धेरै फन्टको प्रयोग गर्ने र फन्टको साइज फरक फरक पार्ने बानी छ भने त्यो बानी हटाइहाल्नुहोस् । फन्ट साइज १२ देखि १४ सम्मको राख्न सक्नुहुन्छ भने अंग्रेजीमा सिभी बनाउँदा टाईम्स न्यू रोमन फन्टलाई स्ट्यान्डर्ड मानिन्छ ।

– अनावश्यक स्पेस नदिनुहोस्

सिभी लेख्दा ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण कुरा हो, अनावश्यक स्पेसको प्रयोग । सिभी डिजाइन गर्ने भनेर धेरै स्पेसको प्रयोग गर्दा सिभी टाटेपाटे देखिन सक्छ । त्यसैले आवश्यक मात्रामा बाहेक सिभी लेख्दा धेरै स्पेस नदिनुहोस् ।

– लामो सिभी नलेख्नुहोस्

धेरैको बानी हुन्छ, आफ्नो बायोडाटामा भएभरका विवरण उल्लेख गर्ने । यस्तो गर्दा तपाईंको सिभी लामो हुन जान्छ । यसका अतिरिक्त रोजगारदाताले विज्ञापनमा उल्लेख गरेको आवश्यक योग्यताका विषयलाई मात्र समेटेर सिभी बनाउनुहोस् ।

– व्याकरणीय गल्तीबाट बच्नुहोस्

व्याकरणीय गल्तीका कारण सिभी पढ्दा नै तपाईंप्रति कम्पनीका प्रतिनिधिले गलत धारणा बनाइदिन्छन् । त्यसकारण पटक पटक व्याकरण चेक गरेर मात्रै सिभी पठाउनुहोस् ।

– थाहा भएको कुरा मात्रै लेख्नुहोस्

रोजगारदातालाई प्रभाव पार्न भनेर धेरैले आफ्नो बायोडाटामा आफूलाई थाहा नै नभएका कुरा उल्लेख गरेका छन् । आफूलाई जानकारी नभएका कुरा लेखेर तपाईं अन्तर्वाताका लागि छनौट त हुनसक्नुहोला । तर, जब अन्तर्वार्ताका बेला आफूलाई थाहा नभए पनि सिभीमा तपाईंले लेखेको विषयमा सोधियो भने झूट फेला परिहाल्छ । आफूलाई थाहा भएको कुरा मात्रै सिभीमा लेख्नुहोस्, झुटा कुरा लेखेर रोजगारदातालाई प्रभावमा पार्ने सोच त्याग्नुहोस् ।

– पासपोर्ट साइज फोटो राख्नुहोस्

एक उत्कृष्टा सिभी तपाईंको तस्बिर बिना अधुरो हुन्छ । त्यसैले सिभीमा आफ्नो फोटो पनि टाँस्नुहोस् । यदि तपाईंले आवेदनसँगै पेश गरेको सिभीमा फोटो टाँस्न बिर्सिनुभयो भने अन्तर्वाताका क्रममा फोटो टाँसिएको प्रिन्टेड सिभी साथमा बोकेर लैजान सक्नुहुन्छ ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  ५ : १४ बजे

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको