सेना Archives | Page 5 of 35 | Khabarhub Khabarhub

प्रधानसेनापति तथा जापानी राजदूतबीच भेटवार्ता

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानी राजदूत किकुटा युटाकाबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । सेनाले यस्ता भेटघाटले दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउने सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।