राजनीति Archives | Page 468 of 1896 | Khabarhub Khabarhub

सर्वोच्चद्वारा महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदन दरपिठ

काठमाडौँ- सर्वोच्च अदालतले महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदनलाई दरपिठ गरेको छ । पुरुष राष्ट्रपति भएकाले उपराष्ट्रपति महिलालाई बनाउनुपर्ने मागसहित सोमबार अधिवक्ता राधिका खतिवडाले दिएको निवेदनलाई सर्वोच्च अदालतले दरपिठ गरिदिएको हो । ३ चैतमा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि रामसहायप्रसाद यादवसहितको उम्मेदवारी निर्वाचन आयोगले कायम गरेको छ ।