साप्ताहिक कारोबारको अन्तिम दिन शेयर बजारमा ५ अंकको गिरावट

साप्ताहिक कारोबारको अन्तिम दिन शेयर बजारमा ५ अंकको गिरावट

काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन बिहीवार सेयर बजारको परिसुचक नेप्से ५०८ अंकले घटेर १३१४५५ विन्दुमा पुगेको छ । त्यस्तै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स (परिसूचक) पनि ०८९ अंकले घटेर २८०३८ विन्दुमा पुगेको छ । बिहीबार शेयर बजारमा १ सय ७० कम्पनीको २९ लाख ४३ हजार ३ सय ४ कित्ता शेयर ९३ करोड २६ लाख ४४ हजार ८ सय ८७ रुपैयाँमा किनबेच भएको छ । नेप्सेमा बिहीबार १२ उप–समूहको कारोबार भएकोमा ७ उपसमूह घटेका छन् भने ५ उपसमूह बढेका छन् । उपसमूहको कारोबारमा बैंकिङ ०९५, व्यापार ००८, बिकास बैंक ९२, जलविद्युत ६४७८, फाइनान्स ७०५, उत्पादन ०५, जीवन बिमा ४४५३ अंकले ओरालो लाग्दा होटेल ३५८३, निर्जीवन बिमा ३७१, अन्य ०९२, माइक्रो फाइनान्स १७, अन्य ०९२ र म्यूचुअल फण्ड ००२ अंकले बढेको छ । बिहीबार अपर तामाकोशी हाईड्रोले सबैभन्दा धेरै १५ करोड ५९ लाख ६४ हजार ४ सय ८४ रुपैयाँ बराबरको शेयर कारोबार भयो । बिहीबारको बजारमा एएमबी [...]

अर्थमन्त्री भन्छन्– बैंकले  उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ

अर्थमन्त्री भन्छन्– बैंकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ

विराटनगर– अर्थमन्त्री डा युवराज खतिवडाले विकासका साझेदार बैंकले व्यावसायिक र सामाजिक उत्तदायित्व बहन गर्नुपर्ने बताएका छन् । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं–१ द्वारा शुक्रबार यहाँ आयोजित कृषिलगायत सहुलियत कर्जा वितरण समारोहमा ऋणीलाई ऋण वितरण गर्दै उनले उत्पादनशील र पूँजी [...]

प्रेम दिवसको व्यापार : सामान्य पसलमा बेचिन्छ १ लाखको गुलाफ

प्रेम दिवसको व्यापार : सामान्य पसलमा बेचिन्छ १ लाखको गुलाफ

काठमाडौं– काठमाडौंस्थित दरवारमार्ग छेउमा रहेको आर्चिज गिफ्ट सपमा बिहीवार युवायुवतीको भीड देखिन्थ्यो । ‘जताततै झिलीमिली भएर होला कुनै गिफ्टमा आँखा जादैँन,’ एक युवती आफू छेउका युवकसँग भन्दै थिइन् । आर्चिज गिफ्ट सपको झकिझकाउ माहोलले प्रेम दिवस (भ्यालेन्टाइन डे) को प्रभाव बढ्दै गएको सहजै बुझ्न सक्ने अवस्था थियो । राजधानीका प्राय सबैजसो गिफ्ट सपमा युवायुवतीको बाक्लो उपस्थिति देखिन्थ्यो । गिफ्ट सपभित्र युवकहरु आफ्नी प्रेमिकालाई दिने उपहारको खोजीमा थिए भने युवतीहरु पनि आफ्ना प्रेमीलाई दिने उपहार हेर्नमै व्यस्त देखिन्थे । राजधानीका ठूला–साना गिफ्ट सप, [...]

0