विशेष « Khabarhub
Logo
१९ चैत्र २०७६, बुधबार

इटलीमा यसरी बढी फैलियो कोरोना संक्रमण

दुई साताअघि विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको महामारीको केन्द्रविन्दु चीनबाट युरोप सरेको भन्यो । युरोपमा यतिबेला कोरोना भाइरसको सबैभन्दा नराम्रो असर परेको छ । युरोपमा पनि सबैभन्दा धेरै इटली प्रभावित छ । इटलीमा हालसम्म कोरोना भाइरसका कारण ६ हजार ८२० जनाको मृत्यु भइसकेको भने ६९१७६ जना संक्रमित छन् । इटलीमा त्यस्तो के भयो जसकारण कोरोना भाइरसको असर सबैभन्दा धेरै भयो ? इटलीमा शुरुमा गत जनवरी २९ मा पहिलो पटक दुई जना संक्रमित फेला परेका थिए । उनीहरु दुबै जना चिनियाँ पर्यटक थिए । इटलीमा कोरोना भाइरसको पुष्टि भएको भोलिपल्टै अर्थात् ३० जनवरीमा त्यहाँका प्रधानमन्त्री जुजिपे कोन्टेले ६ महिने संकटकाल घोषणा गरे, चीनसँगका सम्पूर्ण हवाई सम्बन्ध पनि विच्छेद गर्ने घोषणा गरे । इटली नै चीनसँग हवाई सम्बन्ध विच्छेद गर्ने...

कोरोना भाइरसका कारण विश्व प्रख्यात वैज्ञानिक गीता रामजीको मृत्यु

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको  कोरोना भाइरसका कारण विश्व प्रसिद्ध दक्षिण अफ्रिकाकी वैज्ञानिक गीता रामजीको मृत्यु भएको छ । उनको मंगलबार कोरोना भाइरसको संक्रमणका कारण निधन भएको बीबीसीले उल्लेख गरेको छ । प्राध्यापक रामजी हालै बेलायतबाट घर फर्केकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि  क्वाजुलु–नाटाल प्रान्तस्थित अस्पतालमा उनी भर्ना भएकी थिइन् । उपचारका क्रममा उनको मंगलबार निधन भएको बीबीसीले जनाएको छ । उनले दक्षिण अफ्रिकामा एचआईभी संक्रमण रोक्ने उपायको खोजीमा ध्यान केन्द्रित गर्दै आएकी थिइन् । साथै उनले क्षयरोग (टीबी) रोकथामका लागि...

रेखा भन्छिन् – देश छिर्न पाऊँ भन्ने दाजुभाइ दिदीबैनीको रोदनले मुटु छोएको छ

काठमाडौं – सरकारले पूर्वजानकारी नगराइ गरेको लकडाउनले गर्दा सीमामा सयौं नेपालीको बिचल्ली भएको छ । उनीहरुले नेपाल छिर्ने व्यवस्था मिलाउनका लागि सरकारसँग हारगुहार गरेका छन् । सरकारले भने जो जहाँ छ, त्यहीँ बस्नुपर्ने बताएको छ । सीमामा सुत्केरीसमेत भोकै बस्नुपरेको समाचार आइरहँदा नायिका रेखा थापाले यी घटनाले मुटु छोएको बताएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफूलाई यो घटनाले चोट पुर्‍याएको बताएकी हुन् । ‘आर्थिक बाध्यता र देशमा श्रम र सिर्जनाको अवसर नपाएर विदेसिन बाध्य लाखौं नेपाली खासगरी नेपाल भारत सीमामा आएर आफ्नो देश छिर्न पाऊँ भन्ने प्यारा दाजुभाइ दिदीबहिनीहरुको रोदनले मुटु छोएको छ,’ रेखाले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छिन् । उनले सीमामा अलपत्र परेका नेपालीले आएर क्वारेन्टाइनमा बस्छौं, जहाँ बसाल्यो त्यही बस्छौं भन्दा पनि आउन नदिनु व्यवस्थापन समस्या भएको औंल्याएकी...

सामाजिक

0