पोखरामा देशभरका महानगर मेयरले रोपे लालीगुराँस | Khabarhub Khabarhub

पोखरामा देशभरका महानगर मेयरले रोपे लालीगुराँस


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा आइपुगेका देशभरका महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले नेपालको राष्ट्रिय फूल लालीगुराँस रोपेका छन् ।

सराङकोटस्थित शिव मन्दिर भ्यू टावर परिसरमा ११ प्रजातिका लालीगुराँसका बिरुवा सारिएको हो । पोखराले अग्ला डाँडाहरूमा लालीगुराँस रोपेर पर्यटक लोभ्याउने नीतिअनुसार काम गरिरहेको छ । बिरुवाहरू लालीगुराँस संरक्षण तथा विकास अभियन्ता ढाकाराम लामिछानेले तेह्रथुमबाट ल्याएका थिए ।

नेपालमा पाइने ३२ प्रजातिका बिरुवा पोखरामा रोप्न लागिएको छ । यसअघि पनि पोखरामा लालीगुराँस रोपिएका थिए । पोखराले हरियाली प्रवर्द्धनमा गरेका कामको सबैले प्रशंसा गरेका छन् । पोखराको आयोजनामा सराङकोटमा पहिलो पटक महानगर मेयर सम्मेलन भएको हो ।

सम्मेलनमा आएका उनीहरूले हरियाली प्रवर्द्धन र पर्यावरणको विकासमा सहकार्य गर्ने निर्णय गरेका छन् । लालीगुराँसको बिरुवा छेउमा रोप्नेको नामसमेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १ : ५३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका