आचार्यलाई ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’  | Khabarhub Khabarhub

आचार्यलाई ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’ 


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङका वरिष्ठ पत्रकार कृष्ण आचार्यलाई ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी आचार्यलाई पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्न पुर्‍याएको योगदानको कदर गर्दै ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको हो ।

सहिद मनोज जोशीको ३१औं स्मृति दिवसको अवसरमा आइतबार दिक्तेलको अस्पतालचोकस्थित समाधिस्थलमा आयोजित माल्यार्पण एवं श्रद्धाञ्जली सभा कार्यक्रममा पत्रकार आचार्यलाई १० हजार राशिको पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले पत्रकार आचार्यको अनुपस्थितिमा छोरा ओजनबाबु आचार्यलाई नगद पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरेका छन् ।

२०३२ देखि झापाको विवेचना अर्धसाप्ताहिकबाट पत्रकारिता सुरु गरेका आचार्य हाल खोटाङखबर साप्ताहिकका प्रधान सम्पादकका रूपमा कार्यरत छन् । सक्रिय पत्रकारितामा ४७ वर्ष बिताइसकेका पत्रकार आचार्यलाई २०७४ मा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस स्वतन्त्रता सेनानीको सम्मान दिएको थियो ।

१५ साउन २०४८ मा नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध कर्मचारीले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुसारको सेवा सुविधा नदिइएको विरोधमा कर्मचारीहरूको अगुवाइमा निस्किएको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीलाई दिक्तेलको हेलीप्याडमा प्रहरीको गोली लागेको थियो ।

विरोध जुलुस बजार परिक्रमापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली जोशीलाई लागेको घट्नाका प्रत्यक्षदर्शीहरू बताउँछन् । दिक्तेल बहुमुखी क्याम्पसमा अध्यायनरत जोशीको हत्या भएको घटनालाई जिल्लामा सहिद ‘मनोज हत्याकाण्ड’ कारुपमा चिन्ने गरिन्छ । जोशीलाई सरकारले २२ माघ २०७४ मा सहिद घोषणा गरेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  १ : ०० बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने