कांग्रेसलाई बलियो बनाउन स्थानीय तहले राम्रो काम गर्नुपर्छ : प्रदीप पौडेल | Khabarhub Khabarhub

कांग्रेसलाई बलियो बनाउन स्थानीय तहले राम्रो काम गर्नुपर्छ : प्रदीप पौडेल


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसलाई जिताउनका लागि स्थानीय तहले राम्रो काम गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) विद्यार्थी विभागले आज यहाँ आयोजना गरेको ‘जनप्रतिनिधि सम्मान’ कार्यक्रममा उनले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई बलियो पार्टीका रूपमा स्थापित गर्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्ने बताएका हुन् ।

“स्थानीय तहको निर्वाचनमा पाएको मतबाट जनता कांग्रेसमा भोट हाल्न आतुर छन् भन्ने देखाएको छ, प्रदेश र सङ्घको निर्वाचन आउँदैछ, मतदातालाई कांग्रेसको पक्षमा आकर्षित गर्ने गरी काम गर्नुहोस्”, उनले भने ।

कांग्रेसले जनजीविकाको मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का नवनिर्वाचित वडाध्यक्ष मुकुन्द रिजालले आफू जनप्रतिनिधि भएकाले जनताको सेवक भएर काम गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्य सविन तामाङ, कांग्रेस महाधिवेशन प्रतिनिधि सुशील भट्ट, तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटीलगायतले कांग्रेस आगामी निर्वाचनमा एकजुट भएर अगाडि बढे कांग्रेसलाई कुनै शक्तिले हराउन नसक्ने बताए ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ११ : ४१ बजे

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्