संसदमा नारायणकाजी श्रेष्ठको प्रश्न- एमसीसी खारेज भएको हो ? | Khabarhub Khabarhub

संसदमा नारायणकाजी श्रेष्ठको प्रश्न- एमसीसी खारेज भएको हो ?


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पारेसन ९एमसीसी० कम्प्याक्टबारे जिज्ञासा राखेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले एमसीसी सम्झौता खारेज भएको हो ? भन्दै प्रश्न गरेका हुन् । एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्दा जारी गरिएको १२ बुँदे घोषणापत्रबारे अमेरिका मौन बसेको र सडक तथा विद्युत प्रसारण लाइन निर्माणमा सरकारले बजेट छुट्याइएको उनको भनाइ छ ।

‘१२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन यो खारेज हुने उल्लेख छ । अमेरिकाले अहिलेसम्म  घोषणापत्रबारे एक शब्द बोलेको छैन । त्यसकारण यो एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले लप्सीफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर चार सय केबीको प्रशारण लाइन निर्माण गर्ने कार्य अगाडि बढाउने बजेट छुट्याइएको हो ?,’ श्रेष्ठले प्रश्न गरे । यसबारे उनले अर्थमन्त्रीसँग जवाफ पनि मागेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ४ : ३३ बजे

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले