मोना लिसाको चित्रमाथि केक प्रहार | Khabarhub Khabarhub

मोना लिसाको चित्रमाथि केक प्रहार


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वृद्ध महिलाको भेषमा ह्विलचेयरमा आएका एक व्यक्तिले पेरिसको लुभ्रमा लियोनार्दो दा भिन्चीको प्रसिद्ध चित्र मोना लिसामा केक प्रहार गरेका छन् । प्रहार गरिएको केक सो चित्रलाई छोप्नेको सिसामा परेको छ ।

नक्कली कपाल र लिपिस्टिक लगाएका ती व्यक्ति जलवायु अभियन्ता रहेको विश्वास गरिएको छ । उनले केक प्रहार गर्ने बेला मानिसहरूलाई ‘पृथ्वीको बारेमा सोच्न’ आग्रह गरेको बताइएको छ । सो घटनलाई प्रत्यक्षदर्शीहरूले अनौठो भनेका छन् । 

अमेरिकाबाट म्युजियममा पुगेका लुक सुन्डवर्ग पनि सो घटनाका प्रत्यक्षदर्शीहरू मध्येका एक हुन् । 

‘ह्विलचेयरमा एक मानिस एउटी वृद्धाको भेषमा चित्रतर्फ बढेर मुक्का प्रहार गरेर केक फालिदिए’ २० वर्षीय सुन्डवर्गले भने ।

ती मानिसलाई सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिएका थिए । ग्यालरीमा गुलाबसमेत फालेका ती व्यक्तिलाई प्रहरीले घेरा हालेको थियो । प्रहरी घेराबीच उनले ‘पृथ्वीबारे सोच’ भनेका थिए ।

‘मानिसहरूले पृथ्वीलाई विनाश गरिरहेका छन् । यसबारे सोच्नुहोस् । कलाकारले पृथ्वीको बारेमा सोच्न भन्छ । त्यही भएर मैले यो काम गरे’ ३६ वर्षका ती व्यक्तिले भने ।

पक्राउपछि उनलाई प्रहरीको साइक्याट्रिक युनिटमा राखिएको जनाइएको छ ।

यद्यपि मोना लिसामा क्षति पुर्‍याउने प्रयास भने यो पहिलो नभएको जनाइएको छ । सन् १५०३ देखि सन् १५१९ सम्म लियोनार्दो दा भिन्चीले सिर्जना गरेको यस चित्रमा यसअघि पनि क्षति पुर्‍याउने प्रयास हुँदै आएको स्पेनी अखबार मार्काले जनाएको छ ।

मार्काका अनुसार यसअघि सन् १९११ मा मोना लिसाको चित्र चोरी पनि भएको थियो । चोरी भएको तीन वर्षसम्म मोना लिसा बेपत्ता भएको थियो ।

सन् १९५० तिर कसैले यस चित्रमा सल्फ्युरिक एसिड प्रहार गरेको थियो । यसबाहेक एकजना बोलिभियाली विद्यार्थीले पनि यसअघि मोना लिसाको चित्रमा ढुङ्गा प्रहार गरेको जनाइएको छ ।

यस्तै, सन् १९७४ मा जापानको राजधानी टोकियोमा प्रदर्शनमा राखिँदा ह्विलचेयरमा आएकी एक महिलाले चित्रमा रातो रङ्ग पोत्ने प्रयास गरेकी थिइन् । त्यस्तै, सन् २००९ मा पनि एकजना रुसीले मोना लिसामाथि चिया फ्याँकेको जनाइएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ३ : ४६ बजे

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक