सुन्दर हरिजन मृत्यु प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग | Khabarhub Khabarhub

सुन्दर हरिजन मृत्यु प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजनको घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरिएको छ । माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले प्रतिनिधिसभाको मंगलबारको बैठकमा हरिजनको मृत्यु प्रकरणमा अदालत, गृह प्रशासन जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेकी छिन् । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विशंखेले संसदीय छानबिन समिति माग गरेकी हुन् । ‘यो घटनामा न्यायालय पनि जोडिएको भएकाले संसदीय छानबिन समिति गठन गरियोस् र अपराधीलाई, न्याय संरचनासँग जोडिएकालाई छानबिनको दायरामा ल्याइयोस्’ उनले भनिन् ।

 उनले भनिन्, ‘देशको सरकार, कानुन, प्रशासन कसरी चलिरहेको छ र यसलाई चलाउने ठाउँमा विराजमान भएका व्यक्तिहरूले गरिब, दलित, बालबालिकाविरुद्ध कसरी राज्यको संयन्त्र दुरुपयोग गरेर एउटा अपराधीलाई छुटाउँदो रहेछ भन्ने ज्वलन्त उदाहरण हो,’ उनले भनिन् ।

हातहतियार मुद्दामा ५ वर्ष जेल सजाय पाएका विजयविक्रम शाहको नाममा चोरीको आरोपमा १ वर्षका लागि जेल सजाय गरिएका हरिजनलाई रोल्पा कारागारमा राखिएको थियो । 

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ३ : ०१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०