विष्णु पौडेललाई मिनेन्द्र रिजालको प्रश्न– तपाईँको घोषणापत्र यो सरकारले किन लागू गर्ने ? | Khabarhub Khabarhub

विष्णु पौडेललाई मिनेन्द्र रिजालको प्रश्न– तपाईँको घोषणापत्र यो सरकारले किन लागू गर्ने ?


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस नेता मिनेन्द्र रिजालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट समायानुकुल रहेको बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटमा समेटिएका कार्यक्रम र रकम विनियोजनप्रति समर्थन जनाए । आफूभन्दा अगाडि बोलेका एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई जवाफ दिँदै रिजालले भने, ‘संसद् छलेर तपाईँले ल्याउनु भएको बजेट एक पटक हेर्नुहोस् । अहिले भन्नुभएको अघिल्लो वर्ष तपाईँले ल्याएको बजेटमा समेट्नु भएको भए हुन्थ्यो नि ।’ 

सामाजिक सुरक्षाभत्ता पाँच हजार नपुर्‍याएकोमा पौडेलको असन्तुष्टिप्रति रिजालले भने, ‘तपाईँको पार्टीको घोषणापत्रको कार्यक्रम यो सरकारले किन लागू गर्ने ?भूमिका फेरिएसँगै विचार फेर्ने प्रवृत्ति नेताहरूले त्याग्नुपर्ने बताउँदै उनले अघिल्लो वर्ष एमाले सरकारले ल्याएको बजेट पनि चुनाव लक्षित नै रहेको स्मरण गराए । 

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  १ : ०० बजे

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं