विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज असार १६, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन ३०, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिँदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले  ठुलै जवाफ दिने बताएका छन् ।

तुर्कमेनिस्तानमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले, “हामीले स्पष्ट र सटीक रूपमा बुझ्नुपर्छ – जबकि पहिले  यहाँ कुनै खतरा थिएन तर यदि यहाँ सैन्य दस्ता र सैन्य पूर्वाधार तैनाथ गरिएको अवस्थामा रह्यो भने हामीले संयमित रूपमा जवाफ दिनुपर्छ  भनेका छन् ।  यसै बीच पुटिनले स्वीडेन र फिनल्याण्ड नेटोमा सामेल हुँदा पनि रुसलाई चिन्ता नहुने बताएका छन्  । सीएनएनका अनुसार टर्कीले मङ्गलबार आफ्नो जारी विरोधबाट पछि हट्दा नेटो ब्लकमा दुई राष्ट्रको प्रवेशको अवरोध भने हटेको छ ।  त्यो सफलता म्याड्रिडमा नेटो शिखर सम्मेलनको क्रममा आयो जुन पहिले नै इतिहासको सबैभन्दा परिणामकारी बैठकहरू मध्ये एक भएको छ ।

टर्कीले आफ्नो विरोध  हटाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार आफ्नो टर्की समकक्षी रिसेप तैयप एर्दोगानलाई भेटघाटको शुरुमै धन्यवाद दिएका थिए । बाइडेनले एर्डोगानलाई भने, ‘ फिनल्याण्ड र स्वीडेनको अवस्थालाई एकसाथ राखेर तपाईंले के गर्नुभयो र युक्रेनबाट खाद्यान्न बाहिर निकाल्न तपाईंले प्रयास गरिरहनुभएको सबै अविश्वसनीय कामका लागि म तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु ।’ युक्रेनबाट अनाज निर्यात गर्ने विषयमा टर्कीले रुससँग छलफल गरिरहेको छ । एर्डोगानले कूटनीतिक माध्यमले युक्रेनबाट अन्न बाहिर निकाल्न मद्दत गर्नेछ भन्ने आशा राखेको पनि  सीएनएनले  उल्लेख गरेको छ ।

भारतमा कोरोना भाइरसबाट थप १८ हजार ८१९ सङ्क्रमित

गत २४ घण्टाको समयावधिमा भारतमा कोरोना भाइरसबाट थप १८ हजार ८१९ सङ्क्रमित भएका छन् ।  हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४ लाख ५२ हजार १६४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । मङ्गलबार मध्यरातिसम्म अर्थात गत २४ घण्टासम्म कोरोना सङ्क्रमणमा ३९ को मृत्यु भएको थियो । कोरोना शुरु भएबाट हालसम्म यस महामारीको कारण पाँच लाख २५ हजार ११६ को मृत्यु भएको छ ।

हाल भारतमा एक लाख चार हजार ५५ सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमित एक लाखभन्दा बढी भएको गत छ महिनायता पहिलो पटक हो ।  पछिल्लो एक दिनमा तेह्र हजार ८२७ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २८ लाख २२ हजार ४९३ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८. ६१ प्रतिशत रहेको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९६ करोड ८४ लाख डोजभन्दा बढी खोप लगाइएको समाचारमा जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

कोभिड महामारी समाप्त भएको छैनः डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ। डब्लूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ ।

‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड १९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका छन्, जसको अर्थ ओमिक्रोनलाई ट्र्याक गर्न र भविष्यमा देखापर्ने भेरियन्टहरूको विश्लेषण गर्न गाह्रो भइरहेको छ,’ डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भने।

रुससँग लड्न थप सहयोग माग
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीले उत्तर एटलान्टिक सन्धि संगठन, नेटोको एक सम्मेलनलाई सम्बोधन गर्दै रुसविरुद्ध लड्न युक्रेनका लागि थप सहयोग माग गरेका छन्  ।उनले बुधबार नेटाको सम्मेलनलाई सम्बोधन गर्दै सो माग गरेका हुन ।

 भिडियो लिंकका माध्यमबाट सो सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति जेलिन्स्किीले हाल युक्रेनलाई धेरै सहयोग चाहिएकोले सोको लागि आग्रह गरेका हुन् । उनले अहिले युक्रेनका लागि प्रतिरक्षाका क्षेत्रमा सहयोग आवश्यक रहेको सो सम्मेलनमा बताए । राष्ट्रपति जेलिन्स्किीले अहिले युक्रेनको रक्षाका लागि हवाई मिसाइल तथा स्थलगत रुपमा सुरक्षाको आवश्यकता परेको बताए ।

युक्रेनका धेरै सहरहरुमा रुसले आक्रमण जारी राखेको र उसका विरुद्ध लड्न युक्रेनलाई धेरै हातहतियार तथा आधुनिक प्रविधिको खाँचो रहेको भन्दै उनले सो सहयोगको खाँचो औँल्याए । साथै उनले युक्रेनका लागि प्रति महिना कम्तीमा पनि पाँच अर्ब अमेरिकी डलर सहयोग आवश्यक रहेको पनि बताए छ । रुसको म्याड्रिडमा यही जुन २८ देखि नेटोको सम्मेलन सुरु भएको छ । सो सम्मेलन जारी रहेको बताइएको छ ।

रुसविरुद्ध युरोपमा नेटो सेना बलियो पार्ने बाइडेनको घोषणा 

अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने घोषणा गरेका छन् । नेटो सैन्य गठबन्धनलाई पहिलेको भन्दा आज बढी आवश्यक भएको पनि उनले बताएका छन् । म्याड्रिडमा आयोजना भइरहेको ट्रान्सएट्लान्टिक गठबन्धनको शिखर सम्मेलनमा उनले भने, ‘नेटोलाई प्रत्येक क्षेत्र–जमिन, वायु र समुद्रमा सबै दिशामा बलियो बनाइनेछ । ’

स्पेनमा अमेरिकी नौसैनिक डेस्ट्रोअरलाई चारबाट ६ पुर्‍याउने उनले बताएका छन् । त्यस्तै, पाँचौँ आर्मी कोरको स्थायी मुख्यालय पोल्याण्डमा खोल्ने र रोमानियामा ‘एडिसनल रोटसेनल ब्रिगेड’ स्थापना गर्ने उनले जानकारी दिए । अमेरिकाले जर्मनी र इटालीमा अतिरिक्त वायु रक्षा र अन्य क्षमता विस्तार गर्ने भएको छ ।

मार्कोस जुनियरद्वारा फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूकाबीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । मार्कोस जुनियरले मनिलाको राष्ट्रिय सङ्ग्रहालयमा सयौँ स्वदेशी तथा विदेशी प्रतिष्ठित व्यक्तिहरू पत्रकारहरूको उपस्थितिमा एक विशाल भेलामा शपथ लिएका हुन् ।

बोङ्बोङ भनेर चिनिने उनी पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा हुन् । मार्कोसले फिलिपिन्समा दुई दशक शासन गरेका थिए। मार्कोसले वर्तमान उपराष्ट्रपति मारिया लियोनोर रोब्रेडोलाई निर्वाचनमा पराजित गरेका थिए ।

घातक लागूऔषध युद्धमा संलग्न रोड्रिगो डुटेर्तेको उत्तराधिकारी फर्डिनान्ड रोमुआल्डेज मार्कोसले छ वर्षको कार्यकालपछि जुनमा राजीनामा दिएको अल जजीराले उल्लेख गरेको छ। चिनियाँ उपराष्ट्रपति वाङ किसान र संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् डग एमहोफ लगायतका विदेशी व्यक्तित्वहरूले शपथ ग्रहण समारोहमा उपस्थिति जनाएका थिए ।

आईएमएफद्वारा श्रीलङ्कालाई समर्थन गर्ने पुनः प्रतिबद्धता

आईएमएफ विस्तारित कोष सुविधा (ईएफएफ) प्रबन्धद्वारा समर्थन गरिने आर्थिक नीति र सुधारका बारेमा श्रीलङ्काका अधिकारीहरूसँग रचनात्मक र फलदायी छलफल भएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बिहीबार जनाएको छ । पिटर ब्रेउरमासाहिरो नोजाकीको नेतृत्वमा रहेको एउटा समूहले श्रीलङ्रकाका लागि आईएमएफ समर्थन र अधिकारीहरूको व्यापक आर्थिक सुधार कार्यक्रमबारे छलफल गर्न जून २० देखि ३० सम्म कोलम्बो भ्रमण गरेको हो । 

भ्रमणको अन्त्यमा ब्रेउरनोजाकीले एक वक्तव्य जारी गरी आईएमएफको नीति अनुरूप यस कठिन समयमा श्रीलङ्कालाई सहयोग गर्ने संस्थाको पूर्ववत् प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन् ।  वक्तव्यमा श्रीलङ्का गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको बताइएको छ । सन् २०२२ मा यसको अर्थतन्त्रमा उल्लेख्य कमी आउने अनुमान गरिएको छ भने मुद्रास्फीति उच्च र बढ्दो छ ।

समूहले बृहत् आथिएक र संरचनागत नीतिको प्याकेजलाई परिभाषित गर्ने सन्दर्भमा उल्लेखनीय प्रगति भएको र निकट भविष्यमा आईएमएफ प्रबन्धसम्बन्धी कर्मचारी स्तरीय सम्झौता गर्ने उद्देश्यले छलफल लगभग जारी रहने विज्ञप्तिमा उल्लेख छ ।

श्रीलङ्काको सार्वजनिक कर्जा दिगो समस्या नभएको मूल्याङ्कन गरिएको हुनाले श्रीलङ्काका अधिकारीहरूसँगको छलफलले म्याक्रोइकोनोमिक असन्तुलन लाई सच्याउन, सार्वजनिक ऋण स्थायित्व पुनः स्थापित गर्न र श्रीलङ्काको विकास क्षमता लाई साकार पार्न व्यापक आर्थिक कार्यक्रमको योजनामा ध्यान केन्द्रित गरिएको थियो ।

दक्षिण कोरियामा बढ्यो श्रमिकको तलब

दक्षिण कोरियामा आगामी वर्षका लागि श्रमिकको तलब ५ प्रतिशतले बढ्ने भएको छ । आगामी वर्षको न्यूनतम एक घण्टाको ज्यालालाई यस वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि गरी ९,६२० वोन (७.४१ अमेरिकी डलर) निर्धारण गर्ने निर्णय भएको छ ।

सेजोङस्थित सरकारी कम्प्लेक्समा बुधबार राति बसेको पूर्ण बैठकमा श्रम व्यवसायी र सर्वसाधारणबाट नौ/नौ सदस्य रहेको न्यूनतम ज्याला निर्धारण समितिले निर्णय गर्दै आगामी वर्षका लागि श्रमिकको ज्याला ५ प्रतिशतले वृद्धि गर्ने भएको हो । यससँगै २०२३ जनवरीदेखि श्रमिकले मासिक तलब २० लाख १० हजार ५८० वोन पाउने भएका छन् । यो कोरियाका सबै उद्योगहरूमा समान रूपमा लागू हुनेछ ।

वार्ताको क्रममा, श्रमिकका पक्षधरले यस वर्षको ९,१६० वोनबाट उल्लेखनीय वृद्धि गर्न आह्वान गरेको थियो । श्रमिक पक्षधरले अघिल्लो मुन जे–इन प्रशासनले घोषणा गरेको न्यूनतम घण्टाको ज्याला १० हजार वनमा पुर्‍याउने वाचा पूरा गर्न माग गरेको थियो ।

 

 

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ८ : ०१ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश