सेयर बजारमा छलाङ, परिसूचकमा ७५ अङ्कले वृद्धि  | Khabarhub Khabarhub

सेयर बजारमा छलाङ, परिसूचकमा ७५ अङ्कले वृद्धि 


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको पाँचौँ कारोबार बिहीबार सेयर बजारमा छलाङ आएको छ । केही महिनायतादेखि निरन्तर घटेको सेयर बजार यो साता भने केही सुधार आएको छ ।

बिहीबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ७४.९३ अङ्कले बढेर २०३७.६४ विन्दुमा बन्द भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ४१.३९ अङ्कले बढेर १९६२.७१ विन्दुमा बन्द भएको थियो ।

आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ । बुधबारको पुँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ करोड ८६ लाख ४३९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँको कारोबार भएको थियो ।

आज कारोबारमा समेत सुधार देखिएको छ । शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ९ करोड ९५ लाख २० हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टलरीको ७ करोड ९७ लाख ६८ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स ५ करोड ९९ लाख ३० हजार रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ८३ लाख ८९ हजार रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५ करोड ६९ लाख ३९ हजार रुपैयाँ कारोबार भएको छ ।

आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पुँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ करोड ८६ लाख ४३९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँको कारोबार भएको थियो ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ३ : ५२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६