वर्गीय विभेद दर्साउने ‘जोर मैना’ (भिडियो)  | Khabarhub Khabarhub

वर्गीय विभेद दर्साउने ‘जोर मैना’ (भिडियो) 


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । फिल्म युनिटले दोस्रो गीतको रूपमा सार्वजनिक गरेको ‘जोर मैना’ बोलको गीतमा दीपक शर्माको शब्द संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ । जुम्लाको परिवेशमा छायाँकन भएको फिल्मको गीतले मुख्य दुई पात्र बिचको प्रेम र प्रेममा आएको अड्चनलाई प्रस्तुत गरेको छ । प्रदीप खड्का र रेणु योगी जुम्लेली पात्रमा फिट देखिएका छन् ।

यसमा वर्गीय विभेदको विषय प्रस्तुत गरिएको छ । झट्ट सुन्दा प्रेम भावको सुनिए पनि यो गीतले वर्गीय विभेदकै विषय उठान गरेको छ । दुई मुख्य पात्र प्रकाश रोकाया (प्रदीप खड्का) र राधा बिश्वकर्मा (रेणु योगी)का माध्यमबाट गीतले वर्गीय असमानताका कारण प्रेममा आएको असहज परिस्थिति चित्रण गरेको छ ।

गीतको बिचमा संवाद मार्फत वर्गीय विभेदका कारण युवतिको परिवार समेत उनीहरूको प्रेमको खिलाप रहेको बुझाउन खोजिएको छ । दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा विकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दै छन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ३ : ०५ बजे

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

झापामा तीन लाख बराबरको धनमाल चोरी

झापा– झापामा तीन लाख बराबरको धनमाल चोरी भएको छ ।