धनगढीका मेयर हमालले जनगुनासो सुन्न बाँडे ह्वाट्सयाप नम्बर | Khabarhub Khabarhub

धनगढीका मेयर हमालले जनगुनासो सुन्न बाँडे ह्वाट्सयाप नम्बर


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- नगर क्षेत्रमा हुने भ्रष्टाचार, कामको ढिलासुस्ती तथा अन्य गुनासो सुन्न धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले ह्वाट्सयाप नम्बर बाँडेका छन् ।

सार्वजनिक सरोकारका सवालमा नगरवासीका समस्या तथा कर्मचारीबाट हुने ढिलासुस्तीलाई सम्बोधन गर्न उनले ९८५८४८८८९५ ह्वाट्सयाप नम्बर सार्वजनिक गरेका हुन् ।

सो नम्बर आफैसँग हुने बताउँदै मेयर हमालले सार्वजनिक सेवामा गलत क्रियाकलाप भए सो नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् । नगर क्षेत्रभित्र सञ्चालन भइरहेका विकास निर्माणमा ढिला सुस्ती, स्तरहिन काम भए नागरिकले सिधै फोन गर्न सक्ने मेयर हमालले बताए ।

मेयर हमालले व्यक्तिगत प्रयोजनका लागि भने सो नम्बरमा फोन नगर्न आग्रह गरेका छन् । ‘आम नगरवासीले भ्रष्टाचार अन्त्य गर्ने कार्यमा वा सरकारी कार्यालयमा सुशासन कायम गर्ने सवालमा मात्रै सो नम्बर प्रयोग गर्नेछन् भन्ने अपेक्षा गरेको छु,’ मेयर हमालले भने, ‘आ–आफ्नो क्षेत्रबाट नगरवासीले सहयोग गरे हाम्रो अभियानले पनि चाडै सार्थकता पाउनेछ ।’

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ३ : २६ बजे

दिलीपकी छोरी दिव्याको पहिलो फिल्म ‘एक्टर’ को शुभ मुहूर्त 

काठमाडौं– फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति

कतारका अमिरलाई ह्युम्यान राइट्स वाचले सम्झायो आप्रवासी कामदारको अवस्था

मंगलबार अपरान्ह नेपालमा अवतरण गर्न लागेका कतारका अमिर शेख तमिम

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ