नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा बालेनको हस्ताक्षर | Khabarhub Khabarhub

नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा बालेनको हस्ताक्षर


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले उनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

पदभार ग्रहणपछि उनले आफूले महानगरपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्। निर्वाचनपछि कार्यपालिकाको प्रथम बैठक आजै दिउँसो ४ बजेका लागि बोलाइएको छ।

मेयर शाहले भने, ‘२–४ दिनअघि नै हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसन फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौं। हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ। उहाँहरू क्यान्सर पीडित हुनुभएको छ, छालाको रोग लागेको छ। मानिस मरिरहनुभएको छ। यो शोक मनाउने बेला हो। फोहोरको व्यवस्थापन नहुन्जेल र सिसडोलबासीले स्वच्छ वातावरण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरु काम हुँदैन।’

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  १ : ३८ बजे

बालाजुस्थित बाइसधारामा विशेष मेला

काठमाडौं– चैत शुक्ल पूर्णिमा दिन मंगलबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको

अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा– नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं- मलेसियाको सुपर वुमन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु

जनकपुर– धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु

काभ्रेको कुतालमा छ्योर्तेन निर्माण

धुलिखेल– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण