‘काठमाडौँ उपत्यकामा पर्यावरणीय अपराध भइरहेको छ’ « Khabarhub

‘काठमाडौँ उपत्यकामा पर्यावरणीय अपराध भइरहेको छ’

जबसम्म बन्द कोठामा निर्णय भइरहन्छन् तबसम्म सार्वजनिक ठाँउहरुले सफलता पाँउदैनन् !


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मैले काम गर्दा प्रक्रियागत अवरोध र ब्युरोक्रेसीबाट हुने झमेला पाँच वर्ष काम गर्दा झेले । यसमा कुनै पनि निराशा छैन । यसले मलाई झन् सीपमूलक बनाई दियो । यही क्रममा ललितपुरमा काम गर्दै गर्दा हामीले गरिरहेको काम चुनाव र विभिन्न अवरोधका कारण ढिला सुस्ती भएर हस्तान्तरण गर्न सकेनौँ ।

अहिले पार्क बनाइरहेको ठाउँमा एकदमै झारहरू उम्रिरहेका छन् । मान्छेहरूले झार उम्रेकोमा यो भएन त्यो भएन भनिरहेका छन् । तर मैले हेर्दा प्रकृतिले काम नलाग्ने कुनै पनि चिज बनाएको छैन । झारले त्यहाँ माटो बनाउने काम गरिरहेको छ । गँड्यौलाले माटो बनाउने काम गरिरहेको छ ।

झारको जरा अरू वनस्पतिको भन्दा फरक हुने हुँदा यसको जराले पनि माटो बनाई रहेको हुन्छ । त्यसैले पार्क भनेको माटो हो, संरचना होइन । मैले यस पक्रियामा पार्कमा के के बनाउने भन्दा पनि पार्कमा के के नबनाउने भन्ने सिके ।

हस्तान्तरण गर्न धेरै कामहरू बाँकी छन् । समुदायको सम्पत्ति कसरी बनाउने भन्ने कुरामा भावनाको सम्बन्ध र स्वामित्वको कुरामा हामीले काम गर्न धेरै बाँकी छ । मान्छेहरूले पार्क भएन भन्दै गर्दा एउटा एक अर्काको साथ र आवश्यकताको तालमेल मिलाएर हामीले काम गर्नुपर्छ जस्तो लाग्यो ।

ललितपुरमा पुग्ने बित्तिकै एउटा हरियाली देखिन्छ भन्ने दृष्टिकोण छ । तर ती रुखहरूलाई के भइरहेको छ भने ती रुखहरू सबै एउटा ‘मोनोकल्चर’ मा छन् । रुखलाई मोनो कल्चरमा भन्दा पनि ‘डाइभर्स’ रूपमा पर्यावरणीय ‘इकोसिस्टम’ चाहिन्छ । हामीले रुखलाई एकदमै सानो ठाउँ दिएका छौँ । त्यस्तो ठाउँमा हामीले ‘रेनगार्डेन’ निर्माण गर्न सक्छौँ ।

अर्को चरणमा यस्तै साना–साना कामहरू तर एकदमै महत्त्वपूर्ण कामहरू गर्नुपर्ने छन् । यसलाई हामीले बेवास्ता गर्नुहुँदैन । पार्क बनाउने क्रममा धेरै पटक काम गर्दा खेरी हामीले साना साना सफलताहरू मापन गरेका छौँ । हाम्रा सबै पार्कहरू करोड भन्दा माथिको बजेटमा छन् ।

जावलाखेलको पार्क बनाउनु हुँदैन भन्दा भन्दै पनि बनाइयो । म अहिले त्यस पार्कको ‘केस स्टडी’ गरिरहेको छु । पानी जस्तो गतिशील चिजलाई संरचनामा बाँधेर माछा ल्याएर राख्छौ र दुई चार दिनमा मर्छन् । भनेपछि हामी माछालाई पनि चौबिस लाखको ‘फाउन्टेन’ बनाएर मार्छौ । यो भनेको एउटा पर्यावरणीय अपराध हो । र त्यो अपराध काठमाडौँ उपत्यकामा धेरै भइरहेको छ ।

अब यो जे भइरहेको छ, यसलाई सुधारको बाटोमा हिँड्नको लागी बन्द कोठामा निर्णय नगरी सार्वजनिक रूपमा गएर हाम्रो दृष्टिकोण किन यस्तो भयो ? भन्ने कुरामा जब हामी लाग्दैनौ, तबसम्म हाम्रो सार्वजनिक ठाउँहरुले सफलता पाउँदैनन् ।

अबको दिनहरूमा यसको लागी मेयर साबलाई शुभकामना दिन चाहन्छु । म पनि पार्क बनाउँछु भनेर गए । पार्क बनाउने उत्तर मसँग छ भनेर गए । तर होइन रहेछ । मसँग प्रश्न रहेछन् ।

र, यो सबै पार्कहरू भनेका प्रश्न हुन् । त्यसैले हामीले आधारभूत प्रश्न गर्नुपर्ने जरुरी देखिन्छन् । फेरि पनि नयाँ मेयर साबलाई भेटेर सुधारको बाटोमा हामी सँगसँगै हातेमालो गर्दै अगाडि बढ्न म उत्साहित छु ।मैले काम गर्दा प्रक्रियागत अवरोध र ब्युरोक्रेसीबाट हुने झमेला पाँच वर्ष काम गर्दा झेले । यसमा कुनै पनि निराशा छैन । यसले मलाई झन् सीपमूलक बनाई दियो । यही क्रममा ललितपुरमा काम गर्दै गर्दा हामीले गरिरहेको काम चुनाव र विभिन्न अवरोधका कारण ढिला सुस्ती भएर हस्तान्तरण गर्न सकेनौँ ।

अहिले पार्क बनाइरहेको ठाउँमा एकदमै झारहरू उम्रिरहेका छन् । मान्छेहरूले झार उम्रेकोमा यो भएन त्यो भएन भनिरहेका छन् । तर मैले हेर्दा प्रकृतिले काम नलाग्ने कुनै पनि चिज बनाएको छैन । झारले त्यहाँ माटो बनाउने काम गरिरहेको छ । गँड्यौलाले माटो बनाउने काम गरिरहेको छ ।

झारको जरा अरू वनस्पतिको भन्दा फरक हुने हुँदा यसको जराले पनि माटो बनाई रहेको हुन्छ । त्यसैले पार्क भनेको माटो हो, संरचना होइन । मैले यस पक्रियामा पार्कमा के के बनाउने भन्दा पनि पार्कमा के के नबनाउने भन्ने सिके ।

हस्तान्तरण गर्न धेरै कामहरू बाँकी छन् । समुदायको सम्पत्ति कसरी बनाउने भन्ने कुरामा भावनाको सम्बन्ध र स्वामित्वको कुरामा हामीले काम गर्न धेरै बाँकी छ । मान्छेहरूले पार्क भएन भन्दै गर्दा एउटा एक अर्काको साथ र आवश्यकताको तालमेल मिलाएर हामीले काम गर्नुपर्छ जस्तो लाग्यो ।

ललितपुरमा पुग्ने बित्तिकै एउटा हरियाली देखिन्छ भन्ने दृष्टिकोण छ । तर ती रुखहरूलाई के भइरहेको छ भने ती रुखहरू सबै एउटा ‘मोनोकल्चर’ मा छन् । रुखलाई मोनो कल्चरमा भन्दा पनि ‘डाइभर्स’ रूपमा पर्यावरणीय ‘इकोसिस्टम’ चाहिन्छ । हामीले रुखलाई एकदमै सानो ठाउँ दिएका छौँ । त्यस्तो ठाउँमा हामीले ‘रेनगार्डेन’ निर्माण गर्न सक्छौँ ।

अर्को चरणमा यस्तै साना–साना कामहरू तर एकदमै महत्त्वपूर्ण कामहरू गर्नुपर्ने छन् । यसलाई हामीले बेवास्ता गर्नुहुँदैन । पार्क बनाउने क्रममा धेरै पटक काम गर्दा खेरी हामीले साना साना सफलताहरू मापन गरेका छौँ । हाम्रा सबै पार्कहरू करोड भन्दा माथिको बजेटमा छन् ।

जावलाखेलको पार्क बनाउनु हुँदैन भन्दा भन्दै पनि बनाइयो । म अहिले त्यस पार्कको ‘केस स्टडी’ गरिरहेको छु । पानी जस्तो गतिशील चिजलाई संरचनामा बाँधेर माछा ल्याएर राख्छौ र दुई चार दिनमा मर्छन् । भनेपछि हामी माछालाई पनि चौबिस लाखको ‘फाउन्टेन’ बनाएर मार्छौ । यो भनेको एउटा पर्यावरणीय अपराध हो । र त्यो अपराध काठमाडौँ उपत्यकामा धेरै भइरहेको छ ।

अब यो जे भइरहेको छ, यसलाई सुधारको बाटोमा हिँड्नको लागी बन्द कोठामा निर्णय नगरी सार्वजनिक रूपमा गएर हाम्रो दृष्टिकोण किन यस्तो भयो ? भन्ने कुरामा जब हामी लाग्दैनौ, तबसम्म हाम्रो सार्वजनिक ठाउँहरुले सफलता पाउँदैनन् ।

अबको दिनहरूमा यसको लागी मेयर साबलाई शुभकामना दिन चाहन्छु । म पनि पार्क बनाउँछु भनेर गए । पार्क बनाउने उत्तर मसँग छ भनेर गए । तर होइन रहेछ । मसँग प्रश्न रहेछन् ।

र, यो सबै पार्कहरू भनेका प्रश्न हुन् । त्यसैले हामीले आधारभूत प्रश्न गर्नुपर्ने जरुरी देखिन्छन् । फेरि पनि नयाँ मेयर साबलाई भेटेर सुधारको बाटोमा हामी सँगसँगै हातेमालो गर्दै अगाडि बढ्न म उत्साहित छु ।

(प्रस्तुती : पासाङ लामा ह्योल्मो)

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ११ : २१ बजे

७ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान

गोरखा – गोरखा नगरपालिका–८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको

इजरायलविरुद्ध युद्ध लडिरहेको ‘पीआईजे’को नालीबेली

काठमाडौँ :  इजरायली सुरक्षा फौज (आईडीएफ)ले गत शुक्रबारयता प्यालेस्टाइनको गाजा

पूर्वराष्ट्रपति ट्रम्पको निवासमा एफबीआईको छापा

काठमाडौँ -अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको निवासमा त्यहाँको संघीय अनुसन्धान ब्यूरो

नेकपा एमालेले आज आगामी चुनावका लागि दल दर्ता गर्दै

काठमाडौँ -आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि नेकपा एमालेले

कामचलाउ देउवा सरकार, संसद भंग गर्न दबाब

काठमाडौँ – चर्को अन्योलताबीच सरकारले आगामी मंसिर ४ गतेका लागि