एसईई विद्यार्थीको भोगाई : आधा कोर्स पढेर परीक्षा ! | Khabarhub Khabarhub

एसईई विद्यार्थीको भोगाई : आधा कोर्स पढेर परीक्षा !

अनलाइन कक्षा पढ्नलाई मोबाइल फोन नै थिएन, परीक्षा बिग्रियो !



काठमाडौँ – विश्वव्यापी कोरोना महामारीले दुई वर्ष नभएको माध्यामिक शिक्षा परिक्षा एसईई यस वर्ष चलिरहेको छ । बैसाख ९ गतेदेखि देशभर भौतिक रुपमै चलिरहेको एसईईमा शिक्षक, विद्यार्थी र परीक्षा निरीक्षकका आ–आफ्ना भोगाई र अनुभव छन् । परीक्षा नियंन्त्रक अर्जुन रायमाझीका अनुसार यस बर्षको परिक्षाका लागि दुई हजार ७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा ११ हजार ६ सय १५ वटा बिद्यालयबाट नियमिततर्फ १ लाख ५७ हजार ९ सय १४ छात्र र २ लाख ५७ हजार ५३ जना छात्रा गरि ५ लाख १४ हजार ९ सय ६७ जना परिक्षार्थी सहभागि हुन आबेदन फारम भरेका थिए । पहिलाको जस्तो बर्षभरि पढाई नभएको कारण परिक्षार्थीहरुले कसरी यो वर्ष परीक्षा दिएका छन् भन्ने बारेमा हामीले चार जना फरक फरक ठाउँका विद्यार्थीसँग कुराकानी गरेको उनीहरुको अनुभव प्रस्तुत गरेका छौँ । उनीहरुले हामीसँगको भनाईमा आफ्नो अनुभव साटेपनि परीक्षा बिग्रने डर पनि पोखेका छन् । कोभिडले गर्दा कोर्स पूरा नभएपनि परीक्षा पूरा दिनुपर्दा उनीहरु केही चिन्तित भेटिए। अनि केही परीक्षा पछि के गर्ने ? भनेर योजना बनाइसकेको अवस्थामा देखिए । बाँकी एसईई परीक्षा दिने विद्यार्थीको भोगाई उनीहरुकै शब्दमा:

परीक्षा ढिलो नै भएपनि रिजल्ट समयमा नै आओस्
डोमा तामाङ, विद्यार्थी
हिमालयन एकेडेमी, दोलखा

अहिले घरमा नै बसेर बिहान बेलुका पढेर एसईई दिइरहेकी छु । दसैँ भन्दा अगाडि स्कुलले अनलाइन कक्षाहरु सुरु गरेको थियो । तर त्यसमा सबै साथीहरुको गाउँमा घर भएको कारणले सबैको घरमा नेट सम्भव थिएन । सोही कारण त्यो प्रभावकारी बन्न सकेन । त्यसबाट केहि पढ्न सकिएन । दसैँ पछि कोभिडको भ्याक्सिन आएपछि जोखिम अलि कम भएको कारणले हाम्रो स्कुल भौतिक रुपमा नै बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म पढाई हुन थाल्यो । हाम्रो कोर्स महत्वपूर्ण पाठहरु सबै पढाएर सयिो । एक महिना जति परिक्षा तयारी कक्षाहरु पनि भए । हप्तामा एक पटक तयारी परीक्षा पनि हुन्थ्यो ।

एसईईको डर पनि छ । एक वर्ष पढेर परिक्षा दिनु र ६ महिना पढेर दिनुमा कम अंक आउँछ कि भन्ने डर बढी छ । अझै पनि कोभिडको जोखिम पुर्णरुपमा सकिएको छैन । हामी आफैँले दुई वटा मेडिकल माक्स लगाएर सेनिटाइजर बोकेर हिड्छौँ । एउटा डेक्समा दुई जना साथीहरु राखेर परीक्षा भैरहेको छ ।

पहिला ६ महिना जति राम्रोसँग पढ्न सकिएन । एक महिना थप पढाईमा समय भयो । नराम्रो असर त केहि भएको छैन। रिजल्ट चाहि समयमा नै आओ्स भन्ने चाहना छ ।

यो कुराकानी गरिरहदा हामीले तीन वटा विषयको परीक्षा दियौँ । अङग्रेजी र नेपालीको त राम्रो भयो । तर गणितको गाह्रो भयो र बिग्रियो । सायद धेरै समय प्राक्टिस गर्न नपाएर पनि होला । परीक्षा हलमा त हामिलाई धेरै कडा छैन । तर पनि आफ्नो स्कुल जस्तो सजिलो छैन । परीक्षा हलसम्म स्कुल बसमा नै जाने आउँने गर्दछौ । त्यसैले जान आउन स्कुलले सजिलो बनाइदिएको छ ।

अनलाइन कक्षा पढेको युनिटको प्रश्नको उत्तर लेख्न सकिएन
सलिना अधिकारी
रत्नराज्यलक्ष्मी मावि, काठमाडौँ

घरमा बसेर पुस्तकहरु पढेर गुगल, युट्युबबाट पढेर परिक्षा दिइरहेकी छु । स्कुलले नोटहरु लेखाइदिएको छ । त्यसलाई पढेर परीक्षाको तयारी भैरहेको छ । र, स्कुलले तयारी गराउने क्रममा भनेको सुरुमा हाम्रो अनलाइन क्लासहरु भयो । स्कुलमा पढाई हुने नै समयमा दिनभरि नै पढाई भयो । अनलाइन क्लास जोइन नगर्नेलाई बोड परीक्षा दिन पाइने भन्दै सबैले अनिवार्य क्लास लिन थाल्यौैँ । त्यसपछि कार्तिक मंसिरबाट भौतिक रुपमा नै स्कुलमा पढाई सुरु भयो । र, बोर्डको जस्तै गरि प्रि–बोर्ड परीक्षा भयो । त्यसमा पनि राम्रो अंक आएको थियो ।

अझैपनि कोभिडको जोखिम पुर्णरुपमा हटेको छैन । संक्रमितहरु केही बढिरहेका छन् । अहिले पहिलाको तुलनामा अलि कम संक्रमित भन्ने मात्र हो । त्यसकारण डर नै नभएको भन्ने छैन । एउटा बेन्चमा २ जना साथीहरु राखेर परीक्षा दिइरहेका छौँ । अलि अलि कोभिडको डर छ । तर अवस्था पहिलेभन्दा धेरै सहज भइरहेको छ ।

एसईईपछि लगभग ३ महिना बिदा हुन्छ । त्यो समयमा फेसन डिजाइनको कोर्स गर्ने सोच थियो । तर त्यो अब पुरा गर्न केही कठिनाई हुन सक्छ । किनकि त्यसको लागि पर्याप्त समय हुँदैन । एक महिना त्यसै सकिन लाग्यो । तर एसईईको कुरामा पहिला पढ्न समय नहुँदा यो थप समय पनि भएको छ ।

यो कुराकानी चलिरहदा तीन वटा विषयको परीक्षा दिएकी छु। ती विषयमा राम्रोसँग लेखेकी छु । तर गणितमा सोचेजस्तो गरि लेख्न सकिन । जुन कोर्स अनलाईन मार्फत पढाई भएको युनिट बढि बिग्रेको छ । परिक्षा हलमा सहज नै छ । कडा यस्तो छैन । आफुलाई आउने कुरा लेख्ने हो । परीक्षा हल सहज नै देखिन्छ । कुनै प्रश्नहरु न बुझे पनि सरहरुले बुझाई दिनु भएको छ ।

अनलाइन पढ्न मिल्ने मोबाइल पनि थिएन, परीक्षा बिग्रियो
आकाश थामी

कालिन्चोक उच्च मावि, दोलखा

एसईई परीक्षा दिन धेरै गाह्रो भएको छ । किनभने पहिलाको जस्तो राम्रोसँग पढाई हुन सकेन । स्कुल नै लगभग भदौबाट लाग्यो होला । त्यसकारणले स्कुल नलागी पढ्ने कुरा भएन । किनकि पुस्तकहरु नै थिएन । हाम्रो स्कुल सरकारी भएको कारणले गर्दा र साथीहरु गाँउबाट आउने हुदाँ अनलाइन पढाई प्रभावकारी हुन सकेन । हामी सबैसँग राम्रो अनलाइन कक्षा पढ्न मिल्ने मोबाइल फोन पनि छैन । पछि भदौबाट स्कुल लाग्यो । र, नियमित पढाई सुरु भयो । ट्युसन कक्षाहरु बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म भएका थिए । दिउसो नियमित कक्षा संचालन भए । अहिले परीक्षा भैरहेको छ । तर कुनै पनि विषयको कोर्स नै सकिएको थिएन । त्यही भएर परीक्षा राम्रो हुन सकेको छैन ।

बैसाखमा भएको यो परीक्षाले खासै असर त नगर्ला । पहिला चैतमा हुन्थ्यो । पढ्ने बेलामा पनि एक महिना थपिएको थियो । तर हाम्रो लागि पढ्नलाई समय चाहि यो वर्ष अरुको तुलनामा कम भएको छ । मैले चाँहि यो परीक्षा सकेर तीन महिनाको कम्प्युटर कोर्स सिक्ने विचार गरेको छु । हेरौँ, रिजल्ट कहिलेसम्म आउँछ, त्यो समयलाई सदुपयोग गर्ने विचार गरेको छु ।

कोभिडको भन्दा पनि बढी परीक्षा बिग्रिएला भन्ने डर छ
सिर्जन कोइराला

इंग्लिस सेकेन्डरी स्कुल, काठमाडौँ

किताबहरु पढेर नेट इन्टरनेट र गुगलबाट पनि पढेर परीक्षाको तयारीमा लगेका थियौँ । सरले लेखाइदिएको नोट पनि पढेर परीक्षा दिइरहेका छौँ । स्कुलले पहिला देखि नै अनलाइन क्लासहरुबाट पढाई भयो । पछि भौतिक रुपमा नै क्लासहरु सुरु भयो । बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म पढाई भयो । नोटहरु लेख्ने र बेला बेला प्रि–टेस्टहरु गराएर तयारी भयो ।

कोभिड अहिले भयावह नभएपनि ढुक्क हुने अवस्था छैन । परीक्षा दिन जादाँ आफैँले आफुलाई चाहिने सामग्रीहरु माक्स स्यानिटाइयजर आफैँ बोकेर हिड्छु । मलाई डर त कोभिडको भन्दा पनि परीक्षा बिग्रिन्छ कि भन्ने बढी छ । मैले दिएका तीन विषयमध्ये गणितमा राम्रोसँग उत्तर लेख्न सकिन । अनलाइन क्लासमा पनि राम्रोसँग पढ्न सकिएको थिएन । त्यही भएर पनि बिग्रियो । अर त राम्रो होला भन्ने आश छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : ०९ बजे

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि