कोरोनाको चौंथो लहरले जन्माएको आशंका | Khabarhub Khabarhub

कोरोनाको चौंथो लहरले जन्माएको आशंका

सरकारी तयारी सुस्त, बुस्टर डोज लगाउन विज्ञको आग्रह



काठमाडौं –  नेपालमा कोरोना सङक्रमणदर दिन प्रतिदिन उकालो लागेको छ। संक्रमण बढेसँगै कोरोना चौंथो लहर सुरु भएको अनुमान सजिलै लगाउन सकिन्छ।

देशभरका अस्पतालमा बिरामी भर्ना हुनेको संख्या पनि बढ्न थालेको छ। अस्पतालमा भर्ना गरिएका धेरै बिरामीमा ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने, रुघा लाग्ने, थकित, पसिना आउनेजस्ता लक्षण देखिएका छन्। यसले पनि कोरोना संक्रमणले अझै जोखिम बढाउने हो कि भन्ने आशंका उत्तिकै छ।

यो आशंका मात्रै होइन, पछिल्लो दुई वर्ष कोरोनाले जुन आतंक विश्वभर मच्चाएको थियो, त्यसको असर अहिले पनि धेरै मानिसको मानसपटलमा ताजै छ। पछिल्लो संक्रमणदरको अवस्था हेर्दा फेरि कोरोना महामारीले लकडाउन हुने अवस्था आउँछ कि भन्ने चिन्ता छ।

यो चिन्ताले उद्योग, व्यापार, व्यवसाय सबै क्षेत्र फेरि तहसनहस होला भन्ने आशंका पनि जन्माएको छ। अहिलेकै अवस्थामा संक्रमणदर जसरी बढेको छ, यसले फेरि एकपटक कोरोनाको चौथो लहरको असर भयभीत हुने जोखिम पनि छ।

कोरोनाको चौंथो लहरको ग्राफ
अहिले देशभर सक्रिय संक्रमितको संख्या चार हजार २३६ पुगेको छ। साउन १ गते सक्रिय संक्रमितको संख्या १ हजार ४३९ थियो। साउन २ गते १ हजार ७७६, साउन ३ गते १ हजार ९८२, साउन ४ गते २ हजार २७६, साउन ५ गते २ हजार ५३७ र साउन ६ गते २ हजार ८४१ थियो।

साउन ७ गते २ हजार ९९६ जनाको परीक्षण गर्दा ३३५ जनामा संक्रमण पुष्टि भएको छ। यो एक हप्तामा कोरोना संक्रमणदर ११ दशमलव १८ प्रतिशत पुगेको थियो भने अहिलेसम्म ४ करोड ९२ लाख ७९ हजार ६८६ डोज खोप लगाइएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थप २ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ६२ जनाले ज्यान गुमाईसकेका छन्। अहिलेसम्म ९ लाख ६९ हजार २ सय १९ जनाले कोरोनालाई जितेका छन्।

यो बढ्दो ग्राफ हेर्दा फेरि चिन्ताजनक अवस्था सिर्जना हुन्छ कि भन्ने भय पनि छ। यसअघि पहिलो, दोस्रो र तेस्रो लहरले धेरै जनाको अवस्था बिग्रिएकाले कोरोना संक्रमणको बढ्दो अवस्थाले केही न केही असहज अवस्था सिर्जना गरेको छ।

खुला सीमानाकाबाट बढेको संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार अन्तर्राष्ट्रिय नाकाबाट प्रवेश गर्ने यात्रुमा परीक्षण गर्दा अधिंकाश यात्रुमा कोरोना पुष्टि भएको छ। यसले नै नेपालमा संक्रमण बढ्दै गएको तथ्यांकले देखाउँछ।

नेपालमा पछिल्लो समयमा भीडभाड बढ्दै गएको र मानिसले जनस्वास्थ्यका मापदण्ड पालन गर्न छोडेकाले पनि संक्रमितको संख्या बढ्दै गएको उनको बुझाइ छ।

असार लागेदेखि साउनसम्मको तथ्यांकलाई हेर्दाहेर्दै संक्रमितको संख्या दैनिक बढिरहेको छ। समग्रतामा हेर्दा सङ्क्रमण भएको हो कि भनेर अस्पतालमा जाँच गर्न पुग्ने धेरैमा कोरोना पुष्टि भएको छ।

दैनिक रूपमा पुष्टि भएका संक्रमितको संख्यालाई ग्राफमा राखेर हेर्दा सङ्क्रमणको लहर बढेको अनुमान गर्न सकिन्छ। पहिलाको तुलनामा अहिले धेरै नै बढेको छ। त्यसलाई झट्ट ग्राफमा हेर्दा चौंथो लहरका रूपमा देख्न सकिन्छ।

संक्रमण रोक्न के गर्ने ?
मन्त्रालयका सह प्रवक्क्ता अधिकारीका अनुसार संक्रमण रोकथामको लागि हामीले गर्ने व्यवहार परिवर्तन गर्नुपर्ने हुन्छ। ‘व्यक्ति व्यक्तिले गर्ने उपाय जस्तो मास्क प्रयोग, भौतिक दुरी कायम गर्ने, सरसफाइका उपाय अपनाउने हो भने कोरोनाको चौथो अहरबाट बच्न सक्छौं,’ उनले भने। त्यसभन्दाबाहेक नयाँ विधि नयाँ उपाय छैनन्। यी कुरालाई व्यक्ति समुदाय र सरोकारवाला मिलेर गर्न सकिन्छ। सङ्क्रमण भइहाल्ने अवस्था सिर्जना हुँदा त्यसले हुने जटिलता छन्।

जसका कारण अस्पताल भर्ना हुनसक्ने अवस्थादेखि लिएर ज्यान जानसक्ने अवस्था हुँदासम्म खोप लगाउनु पर्दछ। खोपले नै रोक्ने हुँदा पहिलो प्राथमिकता नै खोप हो।

अस्पतालमा पनि पहिलेको उपचार पद्धति, डाक्टर नर्सको तालिम मेसिनरी सामान छन्। तिनलाई ध्यानमा राखेर नै उपचार व्यवस्थापनका प्रबन्ध गर्नेछौँ। त्यसको लागि सबै निकायको आ–आफ्नै अनुभव छ।

त्यसका लागि सक्षम पक्षलाई अगाडि बढाउने र कमजोर पक्षलाई हटाएर काम गर्ने छौँ। त्यसैले सबैले के कुरा बुझ्नु पर्दछ भने कोभिड–१९ को यो नै भनेर औषधि उत्पत्ति भएको छैन। त्यो अवस्थामा हामीले रोक्ने भनेको सङ्क्रमण हो, जटिलता हो। त्यसैले व्यक्ति आफू नै सचेत हुन उनले अनुरोध गरेका छन्।

सरकारको तयारी के छ ?
नेपालमा कोरोना नियन्त्रणमा बनाइएका संयन्त्र भएकाले सबै अस्पताल, पालिका र सीसीएमसीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिएका छन्।

आवश्यक अक्सिजन, आईसीयू भेन्टिलेटर पनि तयारी अवस्थामा राख्न निर्देशन दिइसकेकाले थप तयारी गर्नु नपर्ने बुझाई उनको छ।
जनस्वास्थ्यका मापदण्ड पालन गर्न आग्रह गर्दा गर्दै पनि मापदण्ड पालना नगरेकाले सङ्क्रमण बढेको उनले बताए। अब कडाइका साथ स्वास्थ्यका मापदण्ड अपनाउन सबै निकायलाई निर्देशन दिइसकेको उनले बताए।

बुस्टर डोज लगाउन विशेषज्ञको आग्रह
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले चौंथो लहर सुरु भयो भन्ने आधार नभए पनि दैनिक बढेका संक्रमितको संख्यालाई हेर्दा संकेतको रुपमा भने लिन सकिने बताएकाछन्। ‘कोरोना संक्रमण बढ्नु ओमिक्रोन भेरियन्टको पछिल्लो पुस्ता बिएफाइभ उपप्रजातिलाई लिन सकिन्छ, यो भेरियन्ट केही समयअघि नेपालमा पुष्टि भएको हो’, उनले भनेका छन्।

यो भेरियन्ट छिटो फैलनसक्ने क्षमता भएको भाइरस मानिएको उनले बताए। संक्रमणको अहिलेको अवस्थालाई बढ्न नदिन सबैले कोरोना विरुद्धको बुस्टर डोज लगाउन डा. पुनको सुझाव छ।

जनमानसमा जनस्वास्श्थ्यका मापदण्ड पालना गर्न छोडेकाले संक्रमण बढ्न सक्ने पुनको अनुमान छ। उनी भन्छन्, सबैले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्ने हो भने पनि धेरै हदसम्म संक्रमण कम गर्न सकिन्छ। यस्तै, कोरोनाको खोपको मात्रा पुरा गरेर मात्र नभई यसले निम्त्याउने जटिलताबाट बच्न बुस्टर डोजको नै आवश्यकता पर्नेमा उनको जोड छ।

बुस्टर डोज लगाउनेमा कोरोना भाइरसले जटिलता निम्त्याउने सम्भावना कम हुने डाक्टर पुन बताउँछन्। साथै जनस्वास्थ्यका मापदण्डको पुर्ण रुपमा पालना गर्न उनको सुझाव छ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ६ : ५२ बजे

२९औँ वन्यजन्तु सप्ताहमा बूढीराप्ती सरसफाइ

चितवन– चितवनमा जारी २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी

जलवायु परिवर्तनमा नेपालकाे योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज