बङ्गलादेशमा ५ देखि १२ वर्षका बालबालिकालाई खोप लगाइने | Khabarhub Khabarhub

बङ्गलादेशमा ५ देखि १२ वर्षका बालबालिकालाई खोप लगाइने


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशमा ५ देखि १२ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

नयाँ सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको देखिएपछि बालबालिकाको सुरक्षाका लागि खोप लगाउने निर्णय गरिएको अधिकारीहरूले जनाएका छन् ।

बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जाहिद मालिकीले आगामी महिनादेखि बालबालिकालाई खोप लगाउन थालिने बुधबार जानकारी दिए।

“हामीले सम्भवतः जुलाईको अन्तिम हप्ताबाट उनीहरूलाई खोप लगाउन सुरु गर्नेछौँ,” पत्रकार सम्मेलनमा उनले भने ।

बालबालिकाका लागि खोपको व्यवस्था गर्ने प्रक्रिया चलिरहेको र बाँकी तयारीको काम पनि भइरहेको उनले बताए । बालबालिकाको जन्मदार्ता हेरेर त्यसैका आधारमा खोप लगाइने मन्त्री मालिकीले जानकारी दिए।

सरकारले मास्क लगाउने कार्यलाई पनि उच्च प्राथमिकतामा राखिरहेको छ । सरकारले जारी गरेको निर्देशनमा रहेका नागरिकले मास्क लगाउनै पर्ने उल्लेख गरिएको छ ।

सार्वजनिक स्थलहरूमा ‘नो मास्क, नो सर्भिस’ लेखेर टास्न लगाइएको छ । मास्क नलगाउनेलाई सेवा पनि नदिने नीतिलाई सरकारले निकै महत्त्व दिएको छ ।

बङ्लादेशमा अहिलेसम्म १९ लाख ६९ हजार ३६१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये दुई हजार ८७ जना पछिल्लो एक दिनमा भएका हुन् ।

त्यसैगरी कोरोनाका कारण अहिलेसम्म बङ्लादेशमा २९ हजार १४५ जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ६ : १४ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द