एनएमबि बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपालबीच समझदारी | Khabarhub Khabarhub

एनएमबि बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपालबीच समझदारी


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबि बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपाल टानबीच डिजीटल सेवाहरु लाई प्राथमिकतादिनको लागी समझदारी भएको छ । उक्त समझदारी अषाढ ९ मा सम्पन्न भएको हो । उक्त समझदारीको लागी बैंकको तर्फबाट प्रमुख ब्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टिएएएनको तर्फबाट अध्यक्ष खुब बहादुर सुबेदीबीच समझदारीपत्र हस्तान्तरण भएको छ ।

उक्त समझदारी पत्रमार्फत टानका सदस्यहरूले एनएमबि बैकको डिजीटल सेवाहरू सजिलै उपभोग गर्न सक्नेछन् । एनएमबि बैंकले डिजिटल सेवाहरू वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरू प्राथमिकताको साथ प्रवाह गदै आइरहेको छ । यी सेवाहरुले गर्दा टानका सदस्यहरूलाई ब्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ । एनएमबि बैंकले ग्राहकहरूलाई डिजिटल कारोबारको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरू सञ्चालन गर्दै आएको छ ।

एनएमबि बैंक दि फाइनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ५ : ४४ बजे

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले पदपूर्तिका लागि ठूलो सङ्ख्यामा आवेदन माग गरेको छ।

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण