कपिलले मागे श्रीमतीसँग माफी | Khabarhub Khabarhub

कपिलले मागे श्रीमतीसँग माफी


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कपिल शर्मा शो अहिले बन्द छ । किनकि कपिल शर्मा सहित शोका प्राय सदस्यहरू अमेरिका – क्यानडा टुरमा छन् । उनीहरूको टुरकै कारण शो केही समयको लागि रोकिएको छ ।

तर, कपिलसहित टिम प्रत्यक्ष रूपमा दर्शकसँग साक्षात्कार गरिरहेको छ । शोकै क्रममा कपिलले आफ्नो पत्नी गिन्नी चतरथसँग माफी मागेका छन् । उनले एक भिडियो इन्स्टाग्राममा सेयर गरेका छन् ।

जहाँ कपिलले भनेका छन् , ‘गिन्नी, तिमीले मेरो कुरा कहिल्यै सुन्दैनौ, हेर त कति मानिसहरू मलाई सुन्न आएका छन् ।’ कपिलले यो भिडियो पोस्टको क्याप्सनमा लेखेका छन्, ‘सरी गिन्नी चतरथ’ । कपिलको यो भिडियोमा धेरैले कमेन्ट गरिरहेका छन् ।

कपिललाई उनका फ्यानले छिटै शो ल्याउन आग्रह गरिरहेका छन् । यद्यपि उनी आफ्नो टुर सकाएर कहिले शो ल्याउनेछन् ? यो अझैँ तय गरिएको छैन ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ४ : ४५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन