महोत्तरीमा लालपुर्जा वितरण अन्तिम चरणमा पुगेको छ : अध्यक्ष गोले | Khabarhub Khabarhub

महोत्तरीमा लालपुर्जा वितरण अन्तिम चरणमा पुगेको छ : अध्यक्ष गोले


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– भूमि आयोगका अध्यक्ष ज्ञानबहादुर गोलेले महोत्तरीमा लालपुर्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । जिल्लाभित्र रहेका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको गोलेको भनाइ छ  ।

प्राविधिकहरूले फिल्डमै पुगेर लागत संकलन तथा नाप, नक्सा अन्तिम चरणमा प्रविष्ट गरेसँगै लालपुर्जा वितरण अन्तिम चरणमा पुगेको अध्यक्ष गोलेले जानकारी दिए । ‘लालपुर्जाको नक्साङ्कन समेत तयारी भैइसकेको छ । अब वितरणको तयारी गर्नुपर्छ’ गोलेले भने । विशेषगरी बर्दिबास नगरपालिकाभित्र अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासीहरूको ठुलो समस्यामा छन् ।  

नगरभित्र रहेका सबैको नक्सा समेत तयारी भैइसकेको हुनाले अहिले फिल्डमा पुगेर प्राविधिकहरूले प्रमाणीकरण अगाडि बढाएका छन् । अध्यक्ष गोलेका अनुसार नगरको  १४ वटा वडामध्ये आधा वडामा प्रमाणीकरण प्रक्रिया सम्पन्न भैइसकेको छ ।

बर्दिबास नगरपालिकामा मात्र १०औँ हजार परिवार एलानी जग्गामा बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  २ : १६ बजे

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ ।

१०७ वर्षअघिको विश्वास फर्काउँदै नरदेवी अस्पताल

काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो