टी-ट्वान्टीको शृंखला भारतले जित्यो | Khabarhub Khabarhub

टी-ट्वान्टीको शृंखला भारतले जित्यो


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ – हार्दिक पान्ड्याको कप्तानीमा रहेको भारतले दोस्रो तथा अन्तिम टी-ट्वान्टी खेलमा आयरल्यान्डलाई चार रनले पराजित गर्दै शृंखला ‘क्लिन स्वीप’ गरेको छ ।

पहिलो खेल भारतले सात विकेटले जितेको थियो । २२६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२१ रनमा समेटियो ।

कप्तान एन्ड्री बलबर्नीले ६० रन जोडे । पउल स्टर्लिङले ४० रन बनाए । ह्यारी टेक्टरले ३९ रनको योगदान गरे । भारतका भुवनेश्वर कुमार, हर्षल पटेल, रवि विश्रोई र उमरान मकिलले समान १ विकेट लिए ।

यसअघि डल्बिनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५ रनको योगफल तयार पार्‍यो। भारतका दीपक हुडाले आक्रामक ब्याटिङ गर्दै ५७ बलमा १०४ रन बनाए । यस्तै, सञ्जु स्यामसनले ७७ रन जोडे । घरेलु टोली आयरल्यान्डका मार्क आदिरले सर्वाधिक ३ विकेट लिए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १० : ४४ बजे

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको

भारतको लोकसभाको पहिलो चरणको मतदान आज

काठमाडौं– भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,

संसदीय समिति बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा