असार १५ र किरण केसी | Khabarhub Khabarhub

असार १५ र किरण केसी


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वरिष्ठ कलाकार किरण केसीको आज जन्मदिन परेको छ । विक्रम संवत् २०१४ सालमा जन्मिएका उनी आजबाट ६५ वर्षमा प्रवेश गरेका छन्। यद्यपि उनको सक्रियता र उमेर एक आपसमा मिल्दैन।

उनको सक्रियता अहिले पनि आफ्नो भन्दा आधा उमेरको युवाको जस्तो छ । जन्मदिनको उपलक्षमा उनलाई बिहानैदेखि उनलाई शुभकामना थाप्न भ्याई नभ्याइ छ । त्यसो त असार १५ भन्ने बित्तिकै दही चिउरा खानेसँगै ’राता मकै’ को जन्मदिन भन्ने पनि पाठकले सम्झिने गरेका छन् । आज उनले फिल्मकर्मी र पत्रकारलाई बोलाएर दही चिउरा खुवाएर जन्मदिन मनाउने तयारी गरिरहेका छन् ।

पछिल्लो समय फिल्म ‘शत्रु गते’मार्फत मह जोडीसँग निर्माणमा कम ब्याक गरेका किरणले त्यसपछि मह जोडीसँगै ‘दाल भात तरकारी’ निर्माण गरे । त्यसपछि उनले ’लक्का जवान’ फिल्म निर्माण गरेका थिए । उनको यी तीन फिल्ममा देखिएको सक्रियता र स्फूर्तिको चर्चा नगर्ने सायदै होलान् ।

उनले काम गर्ने शैलीले सँगै रहेकोलाई पनि एक्टिभ राख्न मदत गर्छ । अघिल्लो दुई फिल्म शत्रु गते र दाल भात तरकारीमा निर्माताको सम्पूर्ण दायित्व बहन गरेका किरणले ‘लक्का जवान’ मा पनि उस्तै देखिएका थिए ।

कामलाई फत्ते गर्न लागिपर्ने किरणले यी सबैको कारण आफ्नो सकारात्मक सोच रहेको बताउने गरेका छन् । ‘सकारात्मक सोचले ऊर्जा दिन्छ’ किरणले भने । उनले सबैको हित सोच्ने र बिहान योगा गर्ने पनि बताए । ‘काम गर्न कहिले पनि पछि हट्नु हुँदैन, त्यसले तपाइलाई एक्टिभ गर्छ’ उनले भन्ने गर्छन् । उनलाई फिल्मकर्मीले ‘लक्का जवान’ को समेत भन्न थालेका छन् । किनकि उनको सक्रियता कुनै लक्का जवान भन्दा कम छैन ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ९ : ३० बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार