जनकपुरधाम उपमहागरका अधिकांश घर जलमग्न | Khabarhub Khabarhub

जनकपुरधाम उपमहागरका अधिकांश घर जलमग्न


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – विगत दुई दिनदेखिको अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका–१० स्थित अधिकांश घर जलमग्न भएको छ ।

पानीको उचित निकास नहुँदा अविरल वर्षाका कारण बस्ती नै जलमग्न भएको उपमहानगरपालिकाका उपप्रमुखसमेत रहेका स्थानीय किशोरी साहले जानकारी दिए । अधिकांश घरमा पानी जमेपछि स्थानीयवासी समस्यामा परेका छन् ।

अघिल्लो नगरप्रमुखलाई पानी निकासको समस्याबारे सुनाउँदासमेत कुनै सुनुवाइ नभएकाले आफूहरु बर्सेनि यस्तो समस्या व्यहोर्दै आएको उनको गुनासो छ । आफूहरु भर्खरै निर्वाचित भएकाले पानी निकासको ठोस उपाय गर्न नसकिए पनि अब यसको दिगो समाधानका लागि प्रयास गर्ने उनले बताए।

यस्तै हिजोदेखिको अविरल वर्षाका कारण जनकपुरधामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, हुलाक कार्यालयलगायतका सरकारी कार्यालय परिसरमा पानी जमेको छ ।

अविरल वर्षाका कारण बजारमा चहलपहल घट्दा व्यापार व्यवसायी प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण सरकारी कार्यालयमा आउने सेवाग्राही घटेका छन् । वर्षाका कारण जनजीवन प्रभावित भए पनि अहिलेसम्म मधेस प्रदेशमा कुनै मानवीय क्षति नभएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । बाढीजन्य विपद्का कारण जोखिमयुक्त क्षेत्रको पहिचान गरी सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको प्रहरी उपरीक्षक कार्कीले बताए।

यसैबीच जिल्ला प्रशासन कार्यालय धनुषाले अविरल वर्षा जारी रहेकाले नदी आसपासका स्थानीयवासीलाई सचेत रहन आग्रह गरेको छ । कमला नदी र रातुखोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रका स्थानीयवासी सचेत हुनुपर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडलले आग्रह गरे ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ९ : २२ बजे

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले

महानगरको निजी विद्यालयलाई निर्देशन : एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं– काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक