भरतपुर महानगरपालिका : योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन | Khabarhub Khabarhub

भरतपुर महानगरपालिका : योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना लिएर प्रमुखसमक्ष पुगेपछि महानगरको आन्तरिक, प्रदेश वा सङ्घमध्ये जहाँबाट भए पनि स्रोत सुनिश्चित गरेर योजना लिएरमात्रै फर्किन्छन् ।

गएको पाँच वर्षमा सम्भवतः सङ्घ र प्रदेशबाट सबैभन्दा बढी बजेट भित्र्याउन सफल हुने महानगरपालिकामा भरतपुर पर्दछ । भरतपुर महानगरपालिका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र पनि हो । महानगर प्रमुख माओवादीकै केन्द्रीय सदस्य रेनु दाहाल छिन् । निरन्तर विकास निर्माणमा लागिरहने दाहालको प्रयासकै कारण भरतपुरले विकासमा गति लिएको हो ।

त्यसो त भरतपुर महानगरपालिकाले प्रत्येक वर्ष पूर्वप्रधानमन्त्री, मुख्यमन्त्री, सङ्घ र प्रदेशका मन्त्री, सचिव, महानिर्देशक, राष्ट्रिय योजना आयोगलगायतका विकाससँग सम्बन्धित व्यक्तित्वलाई ल्याएर छलफल गर्ने गरेको छ । छलफलमा विगत वर्षका समीक्षा गर्दै आगामी वर्षका योजना र जनभावनाको समेत कदर हुने गरेको छ । विकास सरोकार राख्ने निकायका जिम्मेवार व्यक्ति बजेट दिन हिच्किचाउँदैनन् ।

पर्याप्त बजेट ल्याउने र त्यसलाई समुचित बाँडफाँट र सदुपयोग गरेकै कारण प्रत्येक वर्ष भरतपुर आउने बजेट बढ्दै गएको छ ।
भरतपुर महानगरपालिका–२ का निवर्तमान अध्यक्ष एवं नेकपा (एमाले) जिल्ला कमिटीका सदस्य पूर्णबहादुर श्रेष्ठ आफ्नो कार्यकालभरि महानगरमा लगेका योजना कुनै पनि नफर्किएको बताउँछन् । उनले भने, ‘पाँचवर्षे कार्यकालमा वडामा झण्डै रु ४५ करोडको काम भएको छ।’

महानगरले वडाका लागि विनियोजन गरेको वार्षिक रकम रु एक करोड पाँच लाखदेखि सुरु भएर पाँचौँ वर्ष पुग्दै गर्दा रु एक करोड ७० लाखसम्म पुगेको थियो । यद्यपि यसबाहेक उपयुक्त योजना वडाबाट लगेपछि फिर्ता हुन नपरेको श्रेष्ठको भनाई छ । एमाले निर्वाचन–२ (ख) का सहसंयोजकसमेत रहेका श्रेष्ठले प्रमुख दाहालले कहिल्यै पनि योजना बाँडफाँटमा पूर्वाग्रह नगरेको बताए ।

भरतपुर महानगरपालिका–८ का निवर्तमान अध्यक्ष एवं जिल्लाका कांग्रेस नेता दामोदर न्यौपानेले वडाबाट निर्णय भएर गएका सबै योजना प्रमुख दाहालले सदर गरेर बजेट निकासा गराएको बताए । उनले भने, ‘हाम्रो वडामा मात्रै पछिल्लो एक वर्षमा रु २० करोडभन्दा बढीको काम भएको छ ।’

वडा नं २२ का अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी)का महानगर अध्यक्ष विष्णुराज महतो दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका छन् । उनको भनाइमा वडाध्यक्षका धेरै चाहना हुने भए पनि अधिकांशजसो सम्बोधन गर्ने काममा दाहाल सकारात्मक छन् । महानगरको बजेटभन्दा प्रदेश र सङ्घबाट धेरै बजेट ल्याएर वडामा विकासका काम भएको महतोको भनाइ छ । पटिहानी क्षेत्रमा पर्ने उक्त वडामा सडक, खेलकुदसँगै पर्यटन क्षेत्रमा धेरै विकास निर्माण भएका छन् ।

महानगर प्रमुख रेनु दाहाल आफ्नो अघिल्लो कार्यकालमा वडाध्यक्षले ल्याएका कुनै योजना फिर्ता गर्नु नपरेको बताउछिन् । केही वडाध्यक्षले योजना नल्याएपछि आफैँले फोन गरेर योजना ल्याउन लगाएर काम गरेको उनको भनाई छ ।

त्यस्ता एकाध वडाध्यक्षबाहेक अधिकांशले महत्वपूर्ण योजना ल्याएर काम गरेको उनी बताउँछिन् । दाहालले भनिन्, ‘वडाध्यक्षको मागअनुसार आयोजनाका लागि बजेट उपलब्ध गराउन सकियो ।’ आफूले राजनीतिक दलको नेताको हिसाबले नभएर समान दृष्टिकोणबाट न्यायोचित बजेट वितरण गरेको उनको भनाई छ ।

महानगरभित्रका सडकसँगै भौतिक पूर्वाधारको अवस्था जो–कोहीले पनि देख्न सक्ने उनले बताइन् । कोही एक व्यक्तिले महत्वपूर्ण आयोजना लिएर आउँदासमेत आफूले सम्बोधन गर्ने गरेको दाहाल बताउँछिन् ।

उनले भनिन्, ‘मैले व्यक्ति र टोल सुधार समितिसँग पनि आयोजना माग गरेर सम्बोधन गरेकी छु ।’ आफ्नो दोस्रो कार्यकालमा सर्वाधिक मतका साथ विजयी हुनुको प्रमुख कारण विकास निर्माण भएको उनको बुझाइ छ । दाहालले आफ्नो पाँच वर्षको अवधिमा महानगरबाट रु २० अर्बभन्दा बढीको काम गर्दैगर्दा प्रदेश र सङ्घबाट रु ४५ अर्बभन्दा बढी बजेट ल्याउन सफल भएको बताइन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ९ : ०९ बजे

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा