बंगलादेशमा बाढीको पीडा | Khabarhub Khabarhub

बंगलादेशमा बाढीको पीडा


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बंगलादेशको उत्तर पूर्वी क्षेत्र अहिले शताब्दीकै खराब बाढीको सिकार भएको छ। दर्जनौँ मरेका छन्। मरेका मध्य धेरै जना युवा छन्। ४० लाख भन्दा बढी व्यक्ति विस्थापित भएका छन्।

नयाँ बनेको टापुमा सुमना अख्तरको घर पानीले घेरिएको छ। लगातारको वर्षाको कारण घरको सबै संरचना बिग्रिएको छ। टिनको छानो पुरै चुहिएको छ। घनघोर वर्षाका बाबजुद सायलात क्षेत्रमा रहेको उनको घर बचेको छ। तर, उनका श्रीमान् गोया र बहिनी लुब्ना बचेनन्।

उनको परिवार वर्षाले पीडित छ। उनी अहिले खाना र वासस्थानको खोजीमा छन्। पानीले सबै कुरा बगाएको छ। ‘दुई दिनदेखि लगातार परेको पानी र आँधीबेहरीले केही बाँकी छैन’, सुमनाले भनिन्।

खराब मौसमका बाबजुद उनले त्यहाँबाट निस्कनका लागि डुङा पाएकी थिइन्। गोया डुङा चलाइ रहेको समयमा हुरी बतास चलेको थियो। डुङ्गामा पाँच जना थिए। एकाएक पानीको छालले डुङ्गालाई माथिसम्म पुर्ने अवस्था आइसकेको थियो। यसै समयमा सुमनाका श्रीमान् र बहिनी दुवै जना पानीमा खसे।

उनी कसरी बचिन् थाहा छैन। उनीसहित त्यस डुङ्गामा रहेका पाँच जनालाई उद्धार गरिएको थियो। त्यसपछि मात्र गोया र लुब्नाको पार्थिव शरीरलाई त्यहाँबाट निकालिएको थियो।
मेको मध्यदेखि यता बंगलादेशको उत्तर पूर्वी क्षेत्रमा आएको आँधीका कारण ८० जना भन्दा बढीको ज्यान गइसकेको छ। सुमनाको हकमा घरमा ३५ वर्षीय गोयाको पासपोर्ट साइजको फोटो भेट्टाएकी छन्। त्यो फोटो नै अहिले उनका लागि बहुमूल्य सम्पत्ति भएको छ।
सायलातका सयौँ गाउँबासी विस्थापित भएका छन्। धेरै जना हराएका पनि छन्। भिन्नाभिन्नै मान्छेको भिन्नै खाले पीडाका कथा छन्।

अनुमान भन्दा फरक र अनियन्त्रित मौसम अवस्था अहिले बंगलादेशका लागि सामान्य भइसकेका छन्। बङ्गलादेश संसारकै अस्थिर मौसम भएको देशको रूपमा रहेको छ।

कम्पानीगन्ज जिल्लामा पानीको सतह बढ्न सुरु गर्दा ५० वर्षीया खुदेजा बेगम ओछ्यानमै थिइन्। श्रीमानको क्यान्सरका कारण निधन भएकी उनी सात सन्तानकी आमा हुन्। उनले आफूले सके जति जोगाउनका लागि भान्छाका सामान र लत्ता कपडा पोको पारेकी थिइन्।
पानीको सतह बढेर छातीसम्म आइपुगेपछि उनी परिवारसहित डुङा चढेर बाहिर निस्कन खोजीरहेकी थिइन्। ‘हामी डुङ्गाबाट पार गरी रहँदा पानी अझ बढेको थियो। त्यसपछि हामी सुरुवातमा पौडी खेलेर र त्यसपछि रूखका हाँगामा समाएर बाँचेका थियौ। ’

यो दक्षिण एसियाली मुलुकमा हरेक वर्ष यस्ता समस्या देखिने गरेका छन्। यो वर्ष समस्या बढी नै छ। प्राय घरका बासिन्दा मनसुन सुरु भएपछि आफ्नो जिन्दगी के हुने होला भनेर आत्तिने गरेका छन्। यो वर्षको अवस्था भने अझ फरक छ। यो क्रम अझ धेरै बढेको छ। यस वर्ष वर्षाबाट प्रभावित हुने लाखौँ मध्यको एक खुदेजाको परिवार पनि हो।

यस वर्ष सायलातमा वर्षाको मात्रा एक्कासी बढेको छ। गत वर्ष जुन महिनामा ८ सय ४० एमएम पानी पर्ने गरेको थियो। यो वर्ष १५ सय एमएम भन्दा बढी पानी परी सकेको छ। जुन महिनाको केही दिन त अझ बाँकी नै छ। अनुमान भन्दा फरक र अनियन्त्रित मौसम अवस्था अहिले बंगलादेशका लागि सामान्य भइसकेका छन्। बङ्गलादेश संसारकै अस्थिर मौसम भएको देशको रूपमा रहेको छ।

सन् २०१५ मा विश्व बैङ्कका विज्ञले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रत्येक वर्ष ३५ लाख भन्दा बढी बङ्गलादेशीहरू अतिवृष्टिको जोखिममा पर्ने गरेका छन्। संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०५० सम्ममा त्यस देशको १७ प्रतिशत भूभाग बढ्दो समुद्री सतहका कारण प्रभावित हुनेछन्। यसले २ करोड मानिसलाई घरबारबिहीन बनाउने छ। ती मध्यका धेरै त पछिल्लो समयको मुसलधारे वर्षाका कारण विस्थापित भइसकेका छन्।

‘केही मानिसहरू रुखको हाँगा समाएर चार या पाँच दिनदेखि बसीरहेका छन्। थुप्रै मान्छे विस्थापित भएका छन्। हामी उनीहरूलाई उद्धार गर्न लागि रहेका छौँ’

‘धेरै घरहरू पानीको मुनी रहने छन्। उनीहरूलाई खानेकुरा, पानी र लत्ता कपडा आवश्यक पर्छ।’ बङ्गलादेश आर्मीका लेफ्टिनेन्ट कर्णेल अब्दुल्लाहले भनेका छन्। कम्पानीगन्जमा राहत सामग्री उपलब्ध गराउन र थप सहयोग गर्न अहिले उनी लागि परेका छन्।

‘केही मानिसहरू रुखको हाँगा समाएर चार या पाँच दिनदेखि बसीरहेका छन्। थुप्रै मान्छे विस्थापित भएका छन्। हामी उनीहरूलाई उद्धार गर्न लागि रहेका छौँ’, ग्रामीण र विकट ठाउँमा राहत र उद्धार कार्य अझ कठिन भएको अब्दुल्लाहले बताए, ‘उनीहरू हाम्रो सम्पर्कमा आउन सक्दैनन्। हामीलाई उनीहरूको बारे जानकारी पनि भइरहेको छैन। जानकारी भएमा हामी गएर उद्धार गर्न सक्छौ।’

त्यहाँबाट उद्धार गरेपछि पनि त्यहाँ थुप्रै चुनौती छन्। पहिलो समस्या त फोहोर पानीका कारण उनीहरूमा धेरै रोग देखिन सक्छ। यसको परीक्षण र उपचार पहिलो चुनौती हो। फेरि खान र बस्ने सुविधा उपलब्ध गराउनु अर्को चुनौती हो। युनिसेफले पनि बङ्गलादेशमा गत साता देखिको पानीका कारण समस्या थपिएको जनाउँदै अन्तर्राष्ट्रिय दातृ निकायबाट सहयोगको आवश्यकता भएको बताएका छन्।

श्रीलङ्काको पहाडी क्षेत्र क्यान्डीको केगालीमा बाढीको प्रकोप त्यत्तिकै बढेको थियो। सात हजार २३ जना त्यसै समयमा प्रभावित थिए भने ६ सय ३३ हराएका थिए।

थुप्रै परिवार अझै फेला परेका छैनन्। उनीहरूको अवस्था त अज्ञात नै छ। थुप्रै मान्छे कठिन अवस्थामा भेटिनेक्रम पछिल्ला दिनसम्म जारी छ। रिक्सा चालक मिया चौधरी आफ्नो घर पुरै भिजेपछि स्थानीय बजारमा रहेको एक घरको छतमा बसेर धेरै दिन बिताए। उनले आफू पानीको सतह बढ्दै गएपछि विकल्प नभएर त्यहाँ बसेको त बताउँछन्। तर, उनलाई समस्या भनेको कसरी अबका दिन बिताउने भन्ने नै छ। कत्ति दिन यसरी बिताउने। त्यहाँबाट कसरी उम्कने भन्ने निर्णय गर्न कठिन भएको उनले बताएका छन्। ‘म कहाँ जाने अल्लाहलाई मात्र थाहा छ ’उनले भने।

अहिले भारत र बङ्गलादेश बाढीको समस्याले आक्रान्त छन्। योक्रम मंगलबादेखि नेपालमासमेत सुरु भएको छ। बाढीको समस्या जुन महिनाको सुरुवातमै श्रीलङ्कामा देखिएको थियो। मेको अन्तिम साता तथा जुनको पहिलो सातामा नै त्यहाँ आएको बाढी र भेलका कारण एक जनाको ज्यान गएको थियो भने धेरै जना हराएका थिए। श्रीलङ्काको पहाडी क्षेत्र क्यान्डीको केगालीमा बाढीको प्रकोप त्यत्तिकै बढेको थियो। सात हजार २३ जना त्यसै समयमा प्रभावित थिए भने ६ सय ३३ हराएका थिए।

भारतमा त बाढी र भेलको समस्याले धेरै नै असर गरेको थियो। समस्या यत्तिमा पक्कै सीमित छैन। पाकिस्तानमा यस्तो समस्या वर्षको सुरुवातमा नै देखिएको थियो। जनवरी महिनामा नै त्यहाँको खाइबर पाकुन्तुवामा भेलका कारण ८ जनाको ज्यान गएको थियो। त्यहाँको विपद् व्यवस्थापन निकायले दिएको जानकारी अनुसार २० जनवरीमा आएको भेलका कारण धेरै नै क्षति भएको थियो।

केही दिन अगाडि नै अफगानिस्तानको सरकारले त्यहाँ चार सय भन्दा बढीको बाढीकै कारण ज्यान गएको जनाइसकेको छ।

अहिलेसम्म भुटान र माल्दीभ्समा अन्य दक्षिण एसियाली देशको जस्तो क्षति भएको छैन। केही दिन अगाडि नै अफगानिस्तानको सरकारले त्यहाँ चार सय भन्दा बढीको बाढीकै कारण ज्यान गएको जनाइसकेको छ। राजधानी काबुल सहित कुनार, नान्गसार, नुरीस्तान, लगमान,मन्जीसार लगायत स्थान बाढीको प्रकोपले प्रभावित भएका हुन्।

दक्षिण एसियाका अन्य देशको अवस्था खराब हुनुका बाबजुद नेपालमा अहिलेसम्म खराब अवस्था त आएको छैन। यहाँ भर्खर मनसुन सुरु भएको छ। सबै जना सतर्क हुनु आवश्यक ठानिएको छ। स्रोत: बीबीसी, भ्वाइस अफ अमेरिका, फ्लडलीस्ट

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ७ : ५६ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म