हेटौँडा उपमहानगरका ७६० योजना सम्पन्न | Khabarhub Khabarhub

हेटौँडा उपमहानगरका ७६० योजना सम्पन्न


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा भौतिक पूर्वाधार तथा विकास निर्माणसम्बन्धी ७६० योजना सम्पन्न गरेको छ । कार्यालयका अनुसार थप बाँकी योजना सम्पन्न हुने कार्य अन्तिम चरणमा छ ।

चालु आवको साउनदेखि असारसम्ममा ९९० योजनामध्ये जेठ महिनासम्ममा ७६० योजना पूरा भएका छन् भने बाँकी अन्तिम चरणमा रहेका उपप्रमुख राजेश बानियाँले बताए । चालु अवधिमा ६८ किमी कङ्क्रिट सडक, दुई दशमलव ५३ किमी सडक कालोपत्र तथा १४ कल्भर्ट निर्माण भएका छन् ।

खानेपानी एक, शैक्षिक पूर्वाधरतर्फ २०, पर्यटन पूर्वाधारतर्फ तीन, खेलकुद पूर्वाधरतर्फ तीन, गुम्बा निर्माणतर्फ सात, मन्दिर निर्माणतर्फ २८, स्वास्थ्य पूर्वाधर निर्माणतर्फ नौ, तटबन्ध निर्माणतर्फ १५, सिँचाइ पूर्वाधर निर्माणतर्फ दुई, शौचालय निर्माणतर्फ पाँच तथा अन्य पूर्वाधारतर्फ ९९ योजना निर्माण सम्पन्न भएको बानियाँले जानकरी दिए ।

यसैगरी उपमहानगरले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको नगर क्षेत्रभित्रको तथ्याङ्क सङ्कलन गरिरहेको छ । बागमती प्रदेश सरकारको बजेटअन्तर्गत प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत कूल ३८ योजना सञ्चालन गरिएकामा १७ सम्पन्न भएका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : ४९ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,