'केन्द्रीय समिति बैठक र चुनावको समीक्षा हुनैपर्छ' | Khabarhub Khabarhub

‘केन्द्रीय समिति बैठक र चुनावको समीक्षा हुनैपर्छ’

‘पार्टी सभापतिलाई नेतृत्वको जिम्मेवारी पूरा गर्न घच्घचाइरहेका छौँ’


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत मंसिरमा दोश्रो पटक पार्टी नेतृत्व समाल्दै गर्दा नेता तथा कार्यकर्तामाथि भेदभाव नगर्ने प्रतिवद्धता गरेका थिए। साथै उनले पार्टीमा सबैलाई सामान अधिकार र व्यवहार गर्ने पनि भनेका थिए। तर, दोस्रो कार्यकालको ६ महिना बित्दा पनि पुरा गर्न सकेनन्। ६ महिना भित्र पुरा गर्ने भनेका कार्यभार पनि पुरा गर्न सभापति देउवाले सकेका छैनन्। पार्टी कोषाध्यक्षसमेत छान्न नसकेका देउवाले विधानको व्यवस्था अनुसार ६ महिनाभित्र विभागसमेत बनाउन सकेका छैनन्। अधिकांश भ्रातृसंगठन तदर्थ नेतृत्वमा रहेका छन्। त्यसो त सत्ता र निर्वाचनका लागि पाँच दलीय गठबन्धनलाई अनिवार्य आवश्यकता मानेका देउवाले आफ्नै पार्टी भित्रका प्रतिस्पर्धी नेता शेखर कोइरालालाई मिलाउन सकेका छैनन्। देउवा नबुझेर होइन, बुझ्नै नखोजेर अगाडि बढिरहेको टिप्पणी हुन थालेको छ। अघिल्लो कार्यकाल भन्दा यसपाली केही कोणबाट फरक छैन। सिंगो पार्टीको सभापति बन्नुपर्नेमा गुटको सभापति बन्ने पुरानै प्रवृत्ति दोहोरिएको आरोप लाग्न थालेको छ। महाधिवेशन गर्दै गर्दा छुट्टै अर्को विधान महाधिवेशन गर्ने भनिएको थियो। त्यो विषय पनि कहिले टुंगोमा पुग्ने हो, एकिन छैन। नेपाली कांग्रेसको ढिलासुस्ती राजनीतिका विषयमा खबरहबका लागि धीरज बस्नेतले नेत्री डा. डिला संग्रौलासँग गरेको कुराकानीको सम्पादित अंशः

पार्टी सभापति शेरबहादुर देउवा अघिल्लो र यसपालीको कार्यशैलीलाई तपाईंले एउटा पार्टी नेत्रीको हिसाबले कसरी मूल्यांकन गर्नुभएको छ ?

यो ६ महिनाको कार्यकालसँगै सरकारको नेतृत्वमा पनि कांग्रेस पुगेको छ। दोहोरो जिम्मेवारीमा सभापति शेरबहादुर देउवा हुनुहुन्छ। संसद् सुचारु भएको छ। महत्वपूर्ण विधेयक आएका छन्। सरकारले जनता केन्द्रित बजेट ल्याएको छ।

अहिलेसम्म पार्टीभित्र ६ महिनामा विधान गठन हुनुपर्ने थियो, त्यो भएको छैन नि ?
सदनभित्र दोहोरो जिम्मेवारीमा भएको कारण जहिले नेतृत्वको मात्र अधिवेशन भयो। विधान महाधिवेशन भएन। पार्टीलाई सांगठनिक रुपमा कसरी अगाडि लैजाने त्यो कुरा भएन। स्थानीय चुनाव भैसक्यो। तर, पूर्णता पाएको छैन। यी सबै कुराले पूर्णता पाउनुपर्छ। कार्यसमितिको बैठक बस्नु पर्दछ भनेर तयारी भइरहेको थियो।

जसरी देउवाको अघिल्लो कार्यकाल बित्यो। त्यो भन्दा यो कार्यकाल फरक हुन्छ भनेर देउवाले स्वयंम भोट माग्दा भन्नु भएको थियो। त्यो फरक पना देखियो कि देखिएन ?
पार्टीभित्र धेरै रुपान्तरण भएको छ। पार्टी परिवर्तन भएको छ। त्यसैले सबै विभागले छिट्टै पुर्णता पाउनु पर्दछ। भ्रातृ संस्था सबैले पूर्णता पाउनु पर्दछ। जिम्मेवारी पूरा गर्न हामीले घच्घच्याई रहेका पनि छौँ।

नेतृत्व छान्नका लागि महाधिवेशन भयो। नेता मात्र छानियो। निती कस्तो भनेर कुनै भिजन आएन यसले नेपाली कांग्रेसलाई अप्ठ्यारो पार्दैन ?

जसको नेतृत्व त्यसको नीति पनि हामीले भनेका छौँ। हरेक कुराको निक्र्यौल गर्नका लागि नीति आवश्यक हुन्छ। नीति बिना पार्टी अगाडि बढ्न सक्दैन। त्यसैले ६ महिनाभित्र जब नीति अधिवेशन गर्ने भनेर जुन समझदारी बन्यो। त्यसलाई कार्यान्वयन गर्नको लागि केन्द्रीय समितिको बैठक र स्थानीय तहको समीक्षा पनि भएको छैन। यो कुरालाई हामी सबै कार्यकर्ताले कुरा उठाएका छौँ।

नेपाली कांग्रेसको अहिलेको सबै गतिविधि हेर्दा पार्टी पुरानै ढर्रामा गएको जस्तो देखिदैन ?
६ महिना भएको छ। सबै कुरा परीक्षण गर्ने बेला भएका छन्। केही कुरा हामीतर्फ फर्किएका छन् भने केही कुरा पार्टी सभापतितर्फ फर्किएको छन्। सबै कुराहरु पुरा गर्नको लागि केन्द्रीय समितिको बैठक बस्नु पर्दछ। त्यसले नीति अधिवेशन तय गर्नुपर्यो। भ्रातृ संगठनलाई पूर्णता दिनुपर्यो। त्यसको लागि सबै तयारी भइसकेको छ, बैठक बस्न बाँकी छ।

केही दिनअघि प्रतिनिधि सभा बैठक कोरम नपुगेर स्थगित भयो। यति धेरै लापरवाही तपाईंहरु सांसदकै किन ?
यो त साथीहरु संसदभित्र नबस्ने कोही बाहिर जाने हुनाले यो रोकिएको छ। हाजिर गर्ने अनि बाहिर जाने गर्नुहुन्छ। काम परेर जानु भएको होला। राजनीति गर्ने मान्छे हो। भेटघाट हुन्छन्, कार्यक्रम हुन्छन्। त्यसैले सबै जना आएपछि कोरम पुग्यो र पास पनि भयो।

एउटा विद्यार्थीका लागि आफ्नो कक्षाकोठा महत्वपूर्ण भएजस्तै संसद् सबैभन्दा पहिलो जिम्मेवारी होइन र ?
सबै काम सिंहदरबारमा हुने हुँदा जान आउन समय लाग्ने हुँदा कोही कतिबेला बाहिर जानु पर्ने हो त्यो थाहा हुँदैन। तर, आफ्नो कामलाई महत्त्व दिनु पर्दछ। आफ्नो जिल्लाका साथीहरु आइरहेका हुन्छन्। भेटघाट हुन्छ। त्यसैले यो कमी कमजोरी हो, यसलाई चाँडै सुधार्नु पर्दछ।

कैयौँ सांसद भत्ता पचाउन मात्र हाजिर गर्न आँउछन् भन्ने आरोप लाग्न थालेको छ। तपाईं के भन्नुहुन्छ ?
नेपालको सन्दर्भमा यस्तो आरोप आउँछन् जान्छन्। सांसदलाई केही सेवा सुविधा छैन अन्य देशमा धेरै सेवा सुविधा दिएको छ। राज्यले हाम्रोमा छैन। भत्ता १००० पनि हुँदैन। कामले कहाँकहाँ पुग्नुपर्ने हुन्छ। जनताले यो कुरा नै बुझ्दैनन्।

 भोट माग्न जाँदा हामी कानुन बनाउन जान्छौं भन्नुहुन्छ। यो त्यो गर्छु भन्नु हुन्छ त ?
नेपालको कानुन बनाउनैपर्यो। कानुन बनाउँदै गर्दा जनताले हामीलाई बाटो दिनु, धारा दिनु भन्नु हुन्छ नै। हामी यो दिन गएको होइन, कानुन बनाउन गएको हो। त्यसको लागि काठमाडौँ–जिल्ला दौडधुप धेरै गर्नुपर्छ। गर्न सक्ने काम त गर्नैपर्यो नि।
प्रस्तुती ः पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ८ : २५ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका