नीर भन्छन् ,'फेस्टिभल मुडमा आन्दोलित हुने समय हो' | Khabarhub Khabarhub

नीर भन्छन् ,’फेस्टिभल मुडमा आन्दोलित हुने समय हो’


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ फिल्मकर्मी नीर शाहले नेपाली फिल्मलाई अगाडि बढाउन वा प्रवर्द्धन गर्न आयोजना हुने हरेक समारोह आफ्नो लागि फेस्टिभल हुने बताएका छन् । शनिबार काठमाडौँमा बेलायतमा आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ घोषणा कार्यक्रममा बोल्दै फिल्मकर्मी शाहले नेपाली फिल्मलाई अगाडि बढाउन सबैले हातेमालो गर्नुको विकल्प नरहेको बताए । ‘हामीले नेपाली फिल्मलाई अगाडि बढाउन आफ्नो स्थानबाट प्रयासरत रहनु पर्छ । किनकी हाम्रो प्रयासले नै नेपाली फिल्मले अन्तराष्ट्रिय स्तरमा आफूलाई विस्तार गर्न सहयोग पाउँछु उनले भने । विदेशीभूमिमा नेपाली फिल्मकर्मीलाई लगेर आयोजना हुने कार्यक्रमहरू आफैँमा चुनौतीपूर्ण रहने भएकाले यसमा सबैको सहयोग हुनुपर्नेमा उनले जोड दिए । 

उनले नेपाली फिल्मले स्वदेश वा विदेशमा राम्रो गर्दा सबै फिल्मकर्मी खुसी हुन् सक्नु नै सफलता रहेको बताए । ‘अहिले प्रदर्शन भइरहेको फिल्म कबड्डी ४ ले नयाँ किर्तिमान बनाएको छ । यसमा हामी खुसी हुन सक्नु पर्छ । तर, विडम्बना दुखी हुने पनि यही छन्’ नीरले भने । उनले अहिलेको समय फिल्मकर्मीहरुका निमित्त वैचारिक रुपमा फेस्टिभल मुडमा आन्दोलित हुने समय रहेको समेत बताए । 

उनले अवार्ड आयोजनाकै उदाहरण दिँदै बेलायतमा हुने फिल्मकर्मीलाई नेपालबाट सहकार्य गरिरहेका संगीक्षा फिल्म्स इन्टरटेनमेन्टका अध्यक्ष मनोज केसीलाई  अगाडि बढ्न प्रेरणा समेत दिए । ‘मनोजजीले नेफ्टा अवार्डलाई विदेश लान्छु भन्दा धेरैले मजाक सम्झे । प्रयास गर्दा सहयोगी हात बढाउनुका सट्टा उल्टै खिसी गरे । त्यहाँ मनोजजीले प्रयास गर्दा हाम्रो नोक्सानी केही थिएन तर सफल हुँदा अहिले विदेशमा अवार्डहरू हुन् थालेका छन्’ नीरले भने । उनले यस किसिमको फिल्मलाई टेवा पुर्‍याउने इभेन्टमा आफू सहयोग गर्न हरदम तत्पर रहेको समेत बताए । 

कोरोना भाइरसको महामारीका कारण विदेशी भूमिकामा हुन् नसकेको नेपाली फिल्म सम्बन्धी गतिविधि बढाउने उद्देश्यले आयोजना हुने ५ दिने  ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२ ’थर्ड आईले बेलायतमा आयोजना गर्न लागेको हो । नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष मनोज केसीले ५ दिनसम्म १० वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए ।

‘हामीले नेपाली परिवेशको, नेपाललाई चिनाउने फिल्मलाई लन्डनमा देखाउने छौँ । यसले नेपाली फिल्मको बजार विस्तारमा त टेवा पुर्‍याउँछ नै नेपाली कला, संस्कृतिलाई समेत प्रवर्द्धन गर्छु अध्यक्ष केसीले भने, ‘हामीले कोरोनाको महामारी पश्चात नेपाली फिल्मलाई लिएर विदेशी भूमिमा कार्यक्रम गर्न लागेका हौँ । उनले नेपाली फिल्म के/कस्ता बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन र नयाँ/नयाँ स्वाद बोकेका नेपाली फिल्मलाई देखाउन कार्यक्रमको आयोजना गरेकोमा जोड दिए । अध्यक्ष केसीका अनुसार, महोत्सवको अन्तिम दिन फिल्मकर्मीहरूलाई सम्मानित समेत गरिनेछ ।

थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट करिब ४० जनाको हाराहारीमा फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिस  सहभागी हुनेछन् ।  महोत्सव सेप्टेम्बरमा हुने आयोजकले जानकारी दिएको छ । यसका लागि तयारी सुरु भइसकेको बताइएको छ । आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने फिल्महरूको छनोट प्रक्रिया सुरु गरिएको बताएको छ । युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका तर हलमा मात्र रिलिज भएका फिल्महरू मध्येबाट १० वटा फिल्मलाई महोत्सवमा सहभागी गराइनेछ ।

थर्ड आईका नेपाल च्याप्टर प्रतिनिधि हरि सिलवालले फेस्टिभललाई सभ्य र भव्य बनाउने गरी तयारी भइरहेको जानकारी गराएका थिए । ‘विदेशमा हुने नेपाली कार्यक्रम अपेक्षाअनुरूप हुने नगरेको इतिहास छ । हामी यो कार्यक्रममा त्यो इतिहास बदल्ने प्रयास गर्छौँ,’ उनले थपे, ‘यसै गरी देशबाहिर कार्यक्रम गर्दा आयोजकले मानिसहरू अवैधानिक रुपमा छाड्ने गरेको पनि गुनासो छ । हामीले त्यसो गरेको पाइएमा जे सजाय पनि भोग्न तयार छौँ ।’

महोत्सव घोषणा कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहसँगै नायिका करिश्मा मानन्धर, निरूता सिंह, नायक सरोज खनाल लगायतले शुभकामना दिएका थिए ।घोषणा कार्यक्रममा नम्रता सापकोटा, गायक विक्रम जंग शाह, अभिनेता भुवन केसी, चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष सन्दीप सापकोटा, फिल्म लेखक तथा समीक्षक सामिप्य तिमल्सेना, अभिनेता यशराज ग्राच, अभिनेत्री पुजना प्रधान, निर्देशक सम्झना उप्रेती रौनियार, वरिष्ठ फोटोग्राफर विकास रौनियार, गायक यम बराल, कलाकार दमन रूपाखेती, कलाकार सुलेमान शंकर ‘इकु’ लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ३ : ३५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६