नागरिकता नहुँदा समस्या | Khabarhub Khabarhub

नागरिकता नहुँदा समस्या


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कनकासुन्दरी गाउँपालिका–१ रियागाउँकी ३२ वर्षीया कमला बुढा ९कठायत० एक छोरी र एक छोरा छन् । स्थानीय स्याउ बगैँचामा मजदुरको रुपमा काम गर्दै आए उनी यही मजदुरीले छोराछोरी पालिरहेकी छिन् । ज्याला मजदुरीबाट बचेको केही रकम बैंकमा राख्न खोज्दा खाता खोल्न नपाएको उनले बताइन् । ३२ वर्षकी भइसक्दा पनि पति तथा माइती कतैबाट पनि नागरिकता नबनाइदिँदा उनी कसरी नागरिकता बनाउने होला भनेर रनभुल्लमा परेकी छिन् ।

घर झगडा परेपछि उनी अहिले एक्लै बस्छिन् । उनको विवाह दर्ता समेत नभएको बताइन । नागरिकता नहुँदा बैंकमा खाता खोल्नलगायत अन्य सार्वजनिक सेवाबाट समेत बञ्चित भएको उनले बताइन । कमलाको माइती घर पातारासी गाउँपालिका–७ पटमारा हो । रियागाउँका ३५ वर्षीय हस्त कठायतसँग उनले विवाह गरेकी थिइन । पति कठायतले नागरिकता र विवाह दर्ताको कुरा गर्नासाथै कुट्ने पिप्ने गरेको उनी बताउँछिन् । नागरिकता नहुँदा मतदाता नामावलीमा नाम टिपाउन समेत नपाएको उनले बताइन् । मतदाता नामावली नहुँदा अघिल्ला कुनै पनि निर्वाचनमा मतदानबाट पनि बञ्चित भएको उनले बताइन ।

नागरिकता अभावकै कारण कोरोनाविरुद्धको खोप लगाउन समेत हारगुहार गर्नु परेको उनले बताइन । खोप लगाउन नपाएको पत्रकार महासंघ शाखा जुम्लासँग गुनासो गरेपछि महासंघका अध्यक्ष नेत्र शाहीले सहायक प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेपछि कोरोनाको खोप लगाउन पाईएकी छन ।

८३ वर्षीया वृद्धाले अझै पाइनन् नागरिकता
चन्दननाथ नगरपालिका–४ बौद्ध गुम्बामा बस्दै आएकी ८३ वर्षीया सांगे फुटीकसँग नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएकी छन् । मुगुको कार्मारोङ गाउँपालिकामा जन्मिएर २४ वर्षदेखि जुम्लामा बस्दै आएकी फुटीक कान पनि सुन्दिनन् । अपांग भए पनि उनीसँग अपाङ्गता परिचयपत्र पनि छैन ।

उग्रेन तेघोलिङ गुम्बाका काङ्सर लामाले गुम्बामा बास दिएर हेरविचार गर्दै आएका छन् । ‘बृद्धाले कतै बस्ने ठाउँ नपाएपछि गुम्बामा बसालेको हुँ । उनका भाइ भए पनि हेरविचार गर्दैनन् । खानासमेत मुस्किलले खान्छिन्, कान पनि सुन्दिनन्’ लामाले भने ।

फुटीकका दाजुभाईले पनि नागरिकता बनाउन पहल नगरेपछि बुढेसकालको सहारा बन्दै आएको सामाजिक सुरक्षा भत्ता समेत नपाएको लामाको भनाइ छ । अपाङ्गता भएका व्यक्ति तथा विपन्न नागरिकलाई सिबिएम नेपालको सहयोगमा आइएनएफ नेपाल जुम्लाले राहत स्वरूप खाद्यान्न वितरण गरेपछि फुटीकलाई केही सहज भएको लामाले बताए ।

पातारासी गाउँपालिका–३ का वडाध्यक्ष बिर्खराम बुढाका अनुसार सांगे फुटीक पहिला यही वडामा बस्दै आएकी थिइन् । उनले भने, ‘उहाँको स्थायी ठेगाना मुगु हो । उहाँले त्यहाँबाट बसाईसराई गर्नु भएको छैन । बसाईसराई नभएपछि नागरिकता बनाउन समस्या भएको हो ।’ पत्रकार महासंघका पदाधिकारीले नागरिकता नहुँदा खोप लगाउनबाट बञ्चित भएको पीडितसहित प्रशासनमा आएपछि खोप लगाएको र नागरिकता पनि बनाउन पहल भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । उनले भनिन्, ‘पीडित कमला बुढाको नागरिकता उनका पति टेक बुढाबाटै बनाउने तयारी गरेका छौँ । पतिबाट सम्भाव नभएपछि माइती पक्षबाट पनि नागरिकता बनाउने छौँ ।’

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ४ : ०० बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।