एक घर एक धारा अभियानपछि तरकारी खेती | Khabarhub Khabarhub

एक घर एक धारा अभियानपछि तरकारी खेती


१५ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – खानेपानी समस्या रहेको देवघाट गाउँपालिका–२ ब्यागनमा एक घर एक धारा अभियानले स्थानीयको जीवनयापन सहज बनाएको छ।

जिल्लाको दुर्गम भनेर चिनिने देवघाट गाउँपालिकाको ब्यागनमा एक घर एक धारा अभियान सम्पन्न भएपछि यहाँबाट विस्थापित भएका झण्डै एक दर्जन मानिस गाउँ फर्किएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिए । उनले भने, ‘विकासले मानिसलाई यति धेरै प्रभावित बनाउँदो रहेछ ।’

गण्डकी प्रदेश सरकारको रु.एक करोड ५८ लाख आर्थिक सहयोगमा दुर्गम बस्तीमा उक्त अभियान सम्पन्न भएको हो । कुँवाको एक गाग्री पानी भर्न कठिनाई भोग्नुपर्ने उक्त क्षेत्रमा घरघरमा पानीको धारा जडान गरेपछि स्थानीयलाई निकै सहज भएको छ ।

सोही वडाको छिपछिपे भञ्ज्याङ घोप्रे खोलाबाट मुल ट्याङ्कीसम्म ७ किलोमिटर टाढाबाट पानी ल्याएर वडाबासीलाई वितरण गरिएको वडाध्यक्ष आलेले जानकारी दिए। गाउँमा २४ सै घण्टा धारामा पानी आएपछि स्थानीयवासी निकै खुशी छन् । उनले भने, ‘अहिले घरघरमा पानी पुगेपछि स्थानीयवासी व्यावसायिक तरकारी खेतीतर्फ अग्रसर हुन थालेका छन् ।’

उक्त आयोजनाबाट त्यसक्षेत्रका ५२ घरधुरीका करिब ३०० मानिस लाभान्वित भएका छन् । वडाका अन्य केही बस्तीमा पनि खानेपानीको समस्या रहेको र लिफ्टीङको लागि आवश्यक पहलकदमी भैरहेको वडाध्यक्ष आलेले बताए ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १२ : ०१ बजे

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक